मावि तहसम्म निशुल्क शिक्षा लगायतका माग राखि बिद्यार्थीले शिक्षा अधिकारीलाई कार्यकक्षभित्रै थुने

मावि तहसम्म निशुल्क शिक्षा लगायतका माग राखि बिद्यार्थीले शिक्षा अधिकारीलाई कार्यकक्षभित्रै थुने

  • मङ्लबार, बैशाख ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

बाँके, वैशाख ११ ।
मावि तहसम्मको शिक्षा सम्पूर्ण रुपमा निशुल्क गर्नुपर्ने लगायतका माग राखि आन्दोलनमा उत्रिएका बिद्यार्थी संगठनहरुले आज बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा समितिको कार्यालयमा तालाबन्दी गरेर नगर शिक्षा अधिकारीलाई कार्यालयभित्रै थुनेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, राष्ट्रवादी विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी संघले नगर शिक्षा अधिकारी मनप्रसाद रेग्मी, श्रोत व्यक्ति जयप्रकाश शाह र कर्मचारी हेमराज रावतलाई कार्यालयभित्रै थुनेर तालाबन्दी गरेका हुन् ।
यसअघि ५ दिने अल्टिमेटम दिइएको तर नगरपालिकाले माग पूरा गराउनतर्फ चासो नदिएका कारण तालाबन्दी गरिएको स्ववियुका दिनेश केसीले जानकारी दिए ।
मावि तहसम्मको शिक्षा सम्पूर्ण रुपमा निशुल्क गर्नुपर्ने, निजी विद्यालयले लिइरहेको चर्को शुल्क, घटाउने , पुस्तक सिण्डीकेटको अन्त्य हुनुपर्ने, अनुमती बिनाका विद्यालय खारेज गर्नुपर्ने लगायतका मागसहित विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

नगर शिक्षा अधिकारी रेग्मीले विद्यार्थीका माग पूरा गराउन नगर शिक्षा समितिको बैठक बस्ने तयारी भइरहदा आफूहरुलाई कोठाभित्र थुनेर तालाबन्दी गरिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी