अखिल क्रान्तिकारीद्वारा संघर्षको उदघोष, सरकार र निजि विद्यालयबीचकाे उधारो सम्झौता कार्यान्वन गराउने ठाेकुवा

अखिल क्रान्तिकारीद्वारा संघर्षको उदघोष, सरकार र निजि विद्यालयबीचकाे उधारो सम्झौता कार्यान्वन गराउने ठाेकुवा

  • सोमवार, बैशाख १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

काठमाडौं, १० बैशाख । अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले नेपालमा नयाँ शिक्षा प्रणाली स्थापनाको माग गर्दै , शैक्षिक समस्याहरुको पहिचान गरी तत्काल सुधार गर्न आग्रह गर्नु भएकाे छ । अखिल क्रान्तिकारीद्वारा आज आयोजित ‘वर्तमान शिक्षाका समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न संगठन अग्रसर भएको बताउदै बिगतमा सरकार र निजि विद्यालयले गरेको उधारो सम्झौतालाई कार्यान्वन गरेरै छोड्ने ठोकुवा समेत गर्नुभयाे । उहाँले शैक्षिक सुधारको लागि आन्दोलनको कार्यक्रम सार्बजनिक गर्ने र भोलिदेखि नै संघर्ष थाल्ने उदघोष समेत गर्नुभयाे ।

अन्तरक्रिया कार्यक्रममा रातो खबर प्रकासनका निर्देशक गुणराज लोहनीले ‘वर्तमान शिक्षाका समस्या र समाधान’ बिषयको कार्यपत्र प्रस्तुत गर्दै राज्यसत्तामा परिर्वतनका साथै, शिक्षा प्रणालीमा आमुल परिवर्तन गनुपर्ने धारणा राख्नुभएकाे थियाे । उहाँले अहिलेको पाठ्यक्रम नै बदलेर व्यावहारिक र सीपमुखी शिक्षण हुनु जरुरी रहेको समेत बताउनुभयाे ।

सो अन्तरक्रिया कार्यक्रममा बोल्दै प्राध्यापक तथा शिक्षाविद् डक्टर मनप्रसाद वाग्लेले कार्यपत्रले उठाएका समस्याहरुप्रति सहमति हुँदै यो व्यावहारिक रुपमा समाजवाद लागू नहुने भन्दै शिक्षा ढुब्यो भनें देश ढुब्छ त्यसैले विद्यार्थीले लडाई गर्नुपर्ने उल्लेख गर्नुभयाे । उहाँले धारा ३१ मा उल्लेख गरे अनुसार सबैका सन्तानलाई निःशुल्क शिक्षा ,ड्रेस, खाजा, शुल्क, किताव निःशुल्क र  निजी विद्यालय बन्द नै गर्नु पर्ने बताउनुभयाे ।

शिक्षामा बजेटको २० प्रतिशत भयो भनें निःशुल्क हुन्छ भन्दै त्यसैले बजेट बढाउने आन्दोलन गर्नु पर्ने भन्दै उहाँले व्यावस्थापिका, कार्यपालिका, न्यायपालिका सबै पदाधिकारीहरु जसले निजी विद्यालय खोलेमा तालाठोक्नु पर्छ । खेतान र चौधरी ग्रुपमा स्कूलहरु तालालगाउनु पर्ने बताउनु भयाे ।
त्यसैगरी शिक्षा मन्त्रालयका सहसचिव डाक्टर हरी लम्सालले शिक्षाको अर्थराजनीतिका बारेमा मैले केही कुरा राखेको छु भन्दै शिक्षालाई बस्तुको रुपमा लिने देखिएको छ , अहिलेको शिक्षा सर्प पाल्नेको कथा जस्तो भएको बताउनुभयाे ।  उहाँले शिक्षाको सातौं संशोधनले विद्यालयको नामको जग्गा कम्पनीमा गयो । शिक्षा मन्त्रालयको हैसियत ब्वाँसो र पाठोको कथा जस्तो भएको बताउनुभयाे ।
कार्यक्रममा एन प्याब्सनका ऋतुराज सापकोटा , प्याब्सनका बिजय सम्बाहाम्फे ,नेविसंघका प्रवक्ता प्रेम जोशी , अखिल ५ औँ का अध्यक्ष धनश्याम मिश्र , अखिल छैठौका बिमल पोखरेल , नयाँ शाक्ति विद्यार्थी संगठनका श्यामबाबु गौतमलागायतले धारणा राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी