५ महिना भित्र अनिवार्य शिक्षा ऐन ल्याउने शिक्षामन्त्री पोखरेलको प्रतिबद्धता

५ महिना भित्र अनिवार्य शिक्षा ऐन ल्याउने शिक्षामन्त्री पोखरेलको प्रतिबद्धता

  • सोमवार, बैशाख १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, वैशाख १० ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याउने प्रतिवद्धता जनाउनु भएको छ ।

राजधानीको सिनामंगलस्थित गुहृयेश्वरी माध्यामिक विद्यालयले आज आयोजना गरेको बृहत शैक्षिक जागरण अभियानलाई सम्बोधन गर्दै उहाँले ऐनमा आफ्ना छोराछोरीहरुलाई विद्यालय नपठाउनेहरु माथि कार्वाही हुने व्यवस्था राखिने बताउनु भएको हो ।

मन्त्री पोखरेलले बालबालिकाहरुलाई विद्यालय पठाए, नपठाएको अनुगमन गर्ने कामको जिम्मेवारी स्थानीय तहलाई दिने गरी संसदमा छलफल गर्ने योजना रहेको उल्लेख गर्नु भयो ।

सरकारले यस वर्ष बाहिर रहेका सबै बालबालिकाहरुलाई विद्यालयमा ल्याउने योजनाका साथ विद्यालय भर्ना अभियान शुरु गरेको छ । मन्त्री पोखरेलले विद्यालय भर्ना गराउने सरकारको अभियानमा साथ दिन पनि सबैमा आग्रह गर्नू भयो ।

स्वेच्छिक अभिभावकत्व ग्रहण गर्दै थप एक जना विद्यार्थीलाई पनि विद्यालय भर्ना गरि सहयोग गर्न उहाँको आग्रह थियो । यस वर्ष विद्यालय भर्नामा सहयोग गरे ती सबै विद्यार्थीहरुको जिम्मा आगामी वर्षबाट सरकार आफैले लिने उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी