पसलेको छायांकन सम्पन्न

पसलेको छायांकन सम्पन्न

  • शनिबार, बैशाख ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

काठमाण्डौ । निर्देशक राजेन्द्र कुमार अर्याल ‘राजु’ निर्देशित सातौ फिल्म ‘पसले’ को सम्पूर्ण छायांकन सकिएको छ । एनपी फिल्मस् प्रोडक्सन प्रा.लि. का लागि निर्माताद्धय सञ्जय कुमार थापा र गणेश प्रसाद चुँडालले यो चलचित्र निर्माण गरेका हुन ।
काठमाडौं, काभ्रे, धनगढी र चितवनमा यो चलचित्रको छायांकन गरिएको हो । निर्देशक अर्यालले ‘पसले’ जातिय छुवाछुत र पहाड तराईबीचको मतभेदमा केन्द्रित रहेको बताए । यस अघि राजेन्द्रले ‘यो कस्तो प्रेम’, ‘अन्यौल यात्रा’, ‘सिता’, ‘जिन्दगी’, ‘जस्ट फर यू’, ‘एक्सन’ फिल्मको निर्देशन गरिसकेका छन् । २०५६ सालमा ‘अविरल बग्दछ इन्द्रावती’ टेलिचलचित्रमा निर्देशक बद्री अधिकारीको एसिस्टेन्स डाइरेक्टर हुँदै उनले कला क्षेत्रमा हात हालेका हुन् । ‘जिन्दगी’, ‘एक्सन’ र ‘पसले’ लाई निर्देशक स्वयम अर्यालले लेखेका हुन् । कलाकार दयाहाङ राई र हरिवंश आचार्यलाई लिएर फिल्म निर्देशन गर्ने उनको चाहाना रहेको छ ।
यता निर्माता सञ्जयले भने पिटर खालिङ राईसँग मिलेर ‘अन्यौल यात्रा’ निर्माण गरेका थिए । मेकिङको हिसाबले उनको यो दोस्रो चलचित्र हो । सामाजिक कथावस्तुमा आधारित ‘पसले’ मा राजन महर्जन, ऋतु लामा, सुशान्त माझी, अनिल खतिवडा, जिएस आले, रमेश भट्टराई, दीपेन्द्र कोइराला, अर्जुन भुषाल, सुनिता पौडेल, रोहन नेपाल लगायतको अभिनय रहेको छ । चलचित्रमा किरण दाहालको द्धन्द, राजेन्द्र थापाको छायांकन, रामप्यासी र दीपेश सुब्बाको कोरियोग्राफी रहेको छ । चलचित्रको गीतमा संगीत अमित चौधरीले दिएका हुन् । फिल्म रिलिज डेट भने हाल तय गरिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी