इन्स्टाग्राममा धेरै फलोअर्स भएका नेपाली सेलिब्रेटीहरूमध्ये कसका कति फलोअर्स ?

इन्स्टाग्राममा धेरै फलोअर्स भएका नेपाली सेलिब्रेटीहरूमध्ये कसका कति फलोअर्स ?

  • शनिबार, बैशाख ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

प्रियंका कार्की

प्रियंका कार्की अहिलेकी सर्वाधिक व्यस्त अभिनेत्री हुन् । पूर्व मिस टिन, मोडल तथा नृत्यांगना प्रियंका भिजेसमेत हुन् । उनले अमेरिकाको युनिभर्सिटी अफ नर्थ अल्बामा अध्ययन गरेकी हुन् ।

फलोअर्स : ५ लाख ३३ हजार

प्रबल गुरुङ

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिसेल ओबामाको पहिरन डिजाइन गरेपछि चर्चामा आएका हुन्— प्रबल गुरुङ । अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाएका प्रबलले थुपै्र अन्तर्राष्ट्रिय सेलिब्रिटीका पहिरन डिजाइन गरेका छन् ।

फलोअर्स : ५ लाख १९ हजार 

अदिति बुढाथोकी 

मोडल, अभिनेत्री तथा फेसन ब्लगर अदिति बुढाथोकीले यसपटक अनमोल केसीसँग चलचित्र कृका लागि स्क्रिन सेयर गरेर चर्चा पाइन् । अदितिले नेपाल तथा मुम्बईलाई कर्मथलो बनाएकी छिन् ।

फलोअर्स : ३ लाख ८४ हजार

सृष्टि श्रेष्ठ

सृष्टि मिस वल्र्डमा सहभागी हुने पहिलो पूर्वमिस नेपाल हुन् । सन् २०१२ मा उनी टप टेन डान्सरमा छनौट भएकी थिइन् । सफल मोडल सृष्टिले थिएटरबाट आफ्नो अभिनय करिअरको सुरुवात गरेकी हुन् ।

फलोअर्स : ३ लाख ७९ हजार

लेमी तामाङ

लेमी तामाङ मेकअप आर्टिस्ट हुन् । उनी युट्युबाट कसरी मेकअप गर्ने भन्ने कुरा सिकाउँछिन् । तामाङका भिडियोले लाखौं भ्युज पाउँछन् । उनको भिडियो हेरेर मेकअप गर्न सिक्नेहरूको संख्या ठूलै छ । लेमी स्वदेशी तथा विदेशी मिडियाहरूमा छाइरहन्छिन् ।

फलोअर्स : २ लाख २९ हजार 

परमिता आरएल राना

परमिता आरएल राणा चपली हाइट–२ की अभिनेत्री हुन् । मोडल तथा अभिनेत्री परमिता गीतसमेत गाउँछिन् । उनले थुप्रै फेसन शोमा समेत भाग लिएकी छिन् ।

फलोअर्स : ३ लाख ३५ हजार 

साम्राज्ञी राज्यलक्ष्मी शाह

साम्राज्ञी राज्यलक्ष्मी शाहले ड्रिम्सबाट चलचित्रमा डेब्यु गरेकी हुन् । ए मेरो हजुर–२ उनले अभिनय गरेको चर्चित चलचित्र हो । साम्राज्ञीले अभिनय गरेको चलचित्र तिमीसँग प्रदर्शनरत छ ।

फलोअर्स : २ लाख ६७ हजार 

नम्रता श्रेष्ठ

अभिनेत्री, मोडल नम्रता श्रेष्ठले मेरो एउटा साथी छ, नोभेम्बर रेन जस्ता रोमान्टिक चलचित्रमा अभिनय गरेकी छिन् । नम्रताले काठमाडौंको किस्ट कलेज तथा सेन्ट जेभियर्समा अध्ययन गरेकी हुन् ।

फलोअर्स : ३ लाख ३५ हजार 

केकी अधिकारी

अभिनेत्री केकी अधिकारीले थुपै्र चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । अधिकारीले चलचित्र स्वरबाट अभिनय यात्रा थालेकी थिइन् ।

फलोअर्स : २ लाख ३९ हजार

माल्भिका सुब्बा

पूर्व मिस नेपाल माल्भिका सुब्बा मिडिया पर्सनालिटी तथा कार्यक्रम सञ्चालिकाका रूपमा स्थापित छिन् । यतिबेला उनी हिमालय टेलिभिजनमा कार्यक्रम जीवनसाथी चलाइरहेकी छिन् ।

फलोअर्स : १ लाख ९१ हजार 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी