एमाले नेता माधव नेपालले छोरी पढाउन दिएको पैसा चोरी भएपछि…

एमाले नेता माधव नेपालले छोरी पढाउन दिएको पैसा चोरी भएपछि…

  • शनिबार, बैशाख ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

बर्दिवास, ८ वैशाख।

‘म अभागीको कर्मै खोटो हजुर..!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको रु छ हजार आपूm सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले आपूmलाई सम्हाल्न गाह्रो पार्दै भन्नुभयो, “मेरो सात वर्षकी छोरीको खुशी तिन (चोर) लाई सह्य भएनछ ।”

महोत्तरी, औरही नगरपालिका–१ की बासिन्दा खातुनका पति हमिद दर्जीको मृत्युलगत्तै सौतेनी छोराले घरबाट निकालिदिएपछि खातुन बर्दिवास–१ को साझा संस्था भवन अगाडिको फुटपाथमा दुई छोरा र एक छोरीसहित बस्दै आउनुभएको छ । त्यही फुटपाथमा हिँडिरहने केटाहरुले नेता नेपालले दिएको रकम चोरी दिएपछि रहिशाले सो पीडा भुल्न सकेकी छैनन् । बस्नेसुत्ने कोठा नहुँदा बरण्डामा बस्दै आएको सो परिवारकी अभिभावक रहिशाले फरियाको फेरोमा बाँधेर राखेको पैसा चोरिएको हो ।

“नेता नेपालले काखमा राखेर छोरी धेरै पढेर असल मान्छे बन्नू भनेपछि ऊ (शवनम) निकै पूmर्तिली बन्दै आएकी थिई”, रहिशाले आज बिहान बस्दै आएको साझा संस्था भवन अगाडिको आँपको रुखमा अडेस लगाएर भन्नुभयो, “उहाँ (माधवकुमार नेपाल)ले दुःखकष्ट खेपेर पनि नानीहरुलाई पढ्न नछुटाउनू भन्नुभयो, “सानो छोरा सद्दाम त धेरै सानो छ, शवनम र जाविर (ठूलो छोरा) चाहिँ नियमित स्कुल गइरहेका छन् ।”

“नेता नेपालले मेरो हातमा दिनुभएको पैसा त शवनम र जाविरले देखिरहेका थिए”, रहिशाले भन्नुभयो, “अहिले आमा, एउटा बिस्कुट ल्याइदिनुस् भन्छन्, मलाई मरेको जुनीझैँ भएको छ ।” त्यति मोटो रकम जिन्दगीमा पहिलो पटक समातेको भए पनि त्यो भोग्न आफ्नो भाग्यमै नरहेको रहिशाको बिलौना छ । रहिशाको सो पीडाबाट बेखबर शवनम भने आज बिदा भएकाले आइतबार स्कुल जाने लुगा धुनुपर्ने भन्दै आमासँग झगडा गर्दै थिइन् ।

“नाम लेखाएको दिनयता उनलाई स्कुल जान तयार होऊ भन्नु पर्दैनथ्यो”, आफ्नी सात वर्षीया छोरी शवनमको आनिबानीमा आएको परिवर्तनबाट पाएको खुशी तीन दिन नबित्दै खोसिएको बताउँदै रहिशाले भन्नुभयो, “उहाँले दिनुभएको पैसा त चोरेका छन्, उहाँ(नेपाल)ले दिनुभएको माया त मेरो हृदयमै छ, त्यही मायाको बलले नानीहरु पढाउँछु ।”

गत बुधबार एमाले नेता नेपालले शवनम र बर्दिवास–१४ कै अति विपन्न चमार (सार्की) जातिका चार वर्षीय कृष्ण महरालाई बर्दिवास–१४ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा क्रमशः कक्षा १ र बालकक्षामा नामांकन गराउँदै अभिभावकत्व लिनुभएको थियो । नेता नेपालले नामांकनपछि दुवै बालबालिकालाई काखमा राखेर “तिमीहरु पढेर ठूलो र असल मान्छे बन्नुपर्छ”, भन्नुभएको कुराले शवनममा पढाइबारे निकै जाँगर पलाएको आमा रहिशा बताउनुहुन्छ ।

“उहाँ (नेता नेपाल)ले तीन वटै नानीहरुलाई पढ्न नछुटाउनू, केही अप्ठ्यारो परे मलाई भन्नू भन्दै फोन नम्बर दिनुभएको छ”, रहिशाले भन्नुभयो, “यसपालि अब मांङचाङ गरेर पनि धान्छु, आघौँ नाम लेखाउने बेलामा उहाँलाई सम्झौँला ।”

मुसलमान समुदायमा लुगा सिउने पेशा अँगाल्ने दर्जी जातकी रहिशा गरीबी र अभावबीच पनि इच्छाशक्ति भने द¥हो भएकी महिला भएकी उहाँका छोराछोरी पढ्ने राष्ट्रिय आधारभूत विद्यालय बर्दिवास–१४ का प्रअ शिवविक्रम थापाको भनाइ छ । “नेता नेपालले अभिभावकत्व लिँदै म हेर्छु भन्नुभएको छ, थोरतिन विद्यालयबाट हुन सक्ने सहयोग र रेखदेख हामी गर्छौं”, प्रअ थापाले भन्नुभयो, “यिनी (रहिशा) पढाउँछु भन्नेमा दृढ छन्, यिनका नानी पढ्छन् ।”

नेता नेपालले नै अभिभावकत्व लिएका बर्दिवास–१४ कै रामबाबु र विना महराका छोरा कृष्ण पनि सानै उमेरमा जिज्ञासु देखिएकाले उनको पढाइ पनि राम्रो हुने प्रअ थापाको मूल्यांकन छ । नेता नेपालले गत बुधबार शवनम र कृष्णको पठनपाठन र स्थानीय अभिभावकत्व लिइदिन प्रअ थापालाई आग्रह गर्दै दुवैको पढाइलाई निरन्तरता दिनका लागि अर्थ अभाव हुन आपूmले नदिने बताउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी