काठमाडौँ । अरुको सृजना चोरेर तोडमोड गरेर गित बनाउने सर्जक भन्नेहरु सङ्गीत चोर्ने सङित कर्मी भन्नेहरु पैसाको भरमा जबरजस्ती हिरो हिरोइन बन्ने हरुको बिगबिगिले गर्दा वास्तविक र असली स्रष्टा मारमा परिरहेका छन । यस्तै कथा बस्तुमा बनाइएको समय सापेक्ष गीत “मेरो पालो कैले” भर्खरै बजारमा SNB म्युजिक एक्स्प्रेसले बजारमा पठाएको छ । सन्तोष बानियाको परिकल्पना तथा शब्द सृजना मा तयार भएको यस गीतलाई लय राजकुमार बानियाँले तयार पारेका हुन् ।
गीतमा पुर्णकला बिसि र मनोज बि क को सुमधुर स्वर सुन्न सकिन्छ । प्रस्तुत गितलाई GALLERY NEPAL को युटुब च्यानल मार्फत डिजिटल बजारमा सार्बजनिक गरिएको हो । यस गितमा चर्चित हास्यकलाकार यादब देबकोटा सरापे र सबिना पन्तको रोमान्चक अभिनय देख्न सकिन्छ । सुरेस श्रेष्ठको छायांकनमातयार भएको यस गितको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन् भने नाटकिय प्रस्तुती निर्देसक काजिस श्रेष्ठले दिएका छन ।