पत्रकार पुष्प कुँवरद्धारा अभिनीत देउडा गीत सार्वजनिक

पत्रकार पुष्प कुँवरद्धारा अभिनीत देउडा गीत सार्वजनिक

  • बिहिबार, बैशाख ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

पत्रकार पुष्प कुँवरद्धारा अभिनित नयाँ देउडा गीतको भिडियो सार्वजनिक भएको छ । सुदुरपश्चिमको मौलिक कला संस्कृति झल्किने उक्त गीतले अहिले युटुयुबमा चर्चा कमाइरहेको छ ।
भिडियोमा पत्रकार पुष्पलाई मोडल रेजि कुवँरले साथ दिएकी छन् । रेजि कुवँरले धेरै गितमा अभिनय गरिसकेकी छिन् भने पत्रकार पुष्प कुवँरले पहिलोे पटक भिडियोमा डेब्यु गरेका हुन् । गीतमा पत्रकार तथा गायक नरेन्द्र रावल र चर्चित गायिका शोभा थापाको आवाज रहेको छ ।
पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका पुष्पले अभिनय यात्रालाई पनि निरन्तरता दिने बताएका छन् । उनी भन्छन्, सुदुरपश्चिमको कला र संस्कृतिको श्रीबृद्धिमा पत्रकारिता संगै गीतसंगीतको भुमिका महत्पूर्ण हुने हुँदा यहाँको कला संस्कृतिलाई परिचित गराउन सांगीतिक क्षेत्रमा कृयाशिल भएको हुँ ।
कला र संस्कृतिको खानी हो सुदुरपश्चिम । तीनै कला र संस्कृतिले सुदुर पश्चिमको पहिचान झल्किन्छ । सुदुर पश्चिमलाई चिनाउने संस्कृतिमध्येको एक हो देउडा । मध्य तथा सुदुर पश्चिमका पहाडी जिल्लाहरुमा प्रचलनमा रहेको देउडा केही वर्ष पहिलासम्म लोपउन्मुख हुने अवस्थामा पुगेको थियो । लोकदोहोरी तथा आधुनिक र पश्चिमा संस्कृतिको प्रभावले केहि समय ओझेलमा परेको देउडा पछिल्ला समय भने मौलाउन थालेको छ । संस्कृति प्रतिको नयाँ पुस्ताको लागाव सँगै पुर्नजन्म पाएको देउडामा रहेर विभिन्न गितहरु सार्वजनिक गर्ने क्रम तिव्ररुपमा बढ्दै गएको छ । यिनै युवामध्येको एकहुन पत्रकार तथा देउडा गायक नरेन्द्र रावल । उनको सयाँै गित मध्ये भर्खरै गौड्या भेट २ देउडा गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । हिजोमात्र बजारमा सार्वजनिक भएको भिडियोमा वर्षौ देखि विछोडिएका प्रेमीहरुको अकस्मातको भेटलाई गितमा वर्णन गरीएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी