विद्यार्थी भर्ना अभियान तीब्रः कस्ले कहाँ पुगेर बालबालिकालाई विद्यालय भर्ना गराए ?

विद्यार्थी भर्ना अभियान तीब्रः कस्ले कहाँ पुगेर बालबालिकालाई विद्यालय भर्ना गराए ?

  • बुधबार, बैशाख ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ बैशाख ५ ।
सरकारले नयाँ शैक्षिक सत्र सुरु भएसंगै विद्यार्थी भर्ना अभियानलाई तीब्र पारेको छ ।

दुई वर्ष्भित्र निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेताहरु विद्यार्थी भर्ना अभियानमा सहभागी भएका छन् । सोहि क्रममा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गर्नु भएको छ ।

सिरहाको रामदुलारी मावि कल्याणपुर नगरपालिका ११ का दिनेश कुमार र कौशिला देवी मण्डल खत्वेकी ५ वर्षीय छोरी रुपाकुमारी मण्डल खत्वे, भोगेन्द्र र अमिराकुमारी मल्लिकका ५ वर्षीय छोरा पवन मल्लिक डोमलाई प्रधानमन्त्रीले विद्यालय भर्ना गराउनुभएको हो ।

भर्ना गरिएका बालबालिकालाई प्रधानमन्त्रीले पुस्तक र पोशाक समेत वितरण गर्नुभएको थियो ।

विद्यालय भर्ना गरेपछि सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताउनुभयो ।

उहाँले भर्ना अभियानमा विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

यसअघि बैशाख १ गते मुगुमा प्रधानमन्त्री ओलीले एक बालिकालाई विद्यालय भर्ना गराउनुभएको थियो ।

यसैबिच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि चितवनमा दुई जना मुसहर बालकको अभिभावकत्व लिएर विद्यालय भर्ना गराउनुभएको छ ।

चितवन क्षेत्र नं ३ का सांसद दाहालले आफ्नो निर्वाचन क्षेत्रको भरतपुर महानगरपालिका २८ मेघौलीको साझापुर माविमा अरूण मुसहर र पत्रुस मुसहरलाई भर्ना गराउनुभएको हो ।

यस्तै एमाले महासचिव एवं रक्षामन्त्री इश्वर पोखरेलले काठमाडौंको धुम्बाराहीस्थित कसन पल्टन सेकेन्डरी स्कुलमा काभ्रेकी संजिता चौलागाईलाई कक्षा १ मा भर्ना गर्नु भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले धुम्बाराहीस्थित चण्डिका प्राथमिक विद्यालयमा स्याङजाकी अस्मिता धमेललाई कक्षा ४ मा भर्ना गर्नु भएको छ ।

सरकारले विद्यार्थी भर्ना अभियान अन्तर्गत एक जनाको अभिभावकत्व ग्रहण गर्दै भर्ना गराउने अभियान नै शुरु गरेको छ ।

शिक्षा विभागका अनुसार आधारभूत तहमा सबैभन्दा बढी सर्लाही, धनुषा, रौतहट, पर्सा, बारा, कपिलवस्तु, मोरङ, सुनसरी, रूपन्देही, सप्तरी, सिरहा, महोत्तरी र बाँकेमा बालबालिका विद्यालय भन्दा बाहिर छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी