ढुक्क भएर नेपालको उत्पादन क्षेत्रमा लगानी गर्न सकिन्छ: उद्योगमन्त्री यादव

ढुक्क भएर नेपालको उत्पादन क्षेत्रमा लगानी गर्न सकिन्छ: उद्योगमन्त्री यादव

  • सोमवार, बैशाख ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौँ, ३ वैशाख ।
उद्योगमन्त्री मातृकाप्रसाद यादवले समृद्धिको बाटोमा अग्रसर सरकारले लगानीकर्तालाई प्रोत्साहित गर्ने नीति लिएको जानकारी दिनुभएको छ ।

सिंहदरबारस्थित सचिवालयमा आज नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडसँग भएको भेटवार्ताका क्रममा उहाँले नेपालमा लगानी गर्न चाहनेका लागि खुला दिलले सहयोग गर्ने बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “लगानीकर्ताको समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध छ, उत्पादन क्षेत्रमा लगानी गर्ने सबैलाई नेपालमा स्वागत छ, ढुक्क भएर लगानी गर्न सकिन्छ ।”

चुलिएको व्यापारघाटा कम गर्न उत्पादन बढाउनु पर्ने र रोजगारी सिर्जना गर्नुपर्ने भएकाले त्यसतर्फ मित्रराष्ट्रको सहयोग अपेक्षा गरिएको बताउँदै उहाँले प्राविधिक शिक्षाका क्षेत्रमा सहयोग तथा लगानी विस्तार गर्न आग्रह गर्नुभयो ।

उहाँले प्राविधिक शिक्षाका क्षेत्रमा विद्यालय खोल्नका लागि अष्ट्रेलियन सरकारले सहयोग गर्न सक्ने बताउनुभयो ।

जवाफमा राजदूत पिटरले अष्ट्रेलिया सरकारको सहयोगमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले सञ्चालन गर्दै आएको लघु उद्यम विकास कार्यक्रम(मेडेप) यसै वर्षको जुलाईदेखि सम्पन्न हुन लागेको जानकारी दिनुभयो ।

युएनडिपीले सञ्चालन गरेको कार्यक्रमको लागत घटाएर थप प्रभावकारी बनाउनका लागि अष्ट्रेलिया सरकारले सिधै नेपाल सरकारसँग सहकार्य गर्न चाहेको राजदूत पिटरको भनाइ थियो । उहाँले सिधै सरकारसँग सहकार्य गर्दा ३० प्रतिशत खर्च कम हुने जानकारीसमेत दिनुभयो ।

राजदूत पिटरले आगामी दिनमा दुई देशबीच रहिआएको सम्बन्धलाई थप विस्तार गर्न आपसी सहयोग प्रवद्र्धन गर्दै लगिने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी