प्रचण्डलाई गायक मिलन लामाले टिकट दिनु पर्यो भनेपछि ……

प्रचण्डलाई गायक मिलन लामाले टिकट दिनु पर्यो भनेपछि ……

  • शनिबार, बैशाख १, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

“मरेपछि थाहा छैन् कहा कहाँ जान्छ, ए आमा थाहा पाउनु भएको छ । सबैजना मिलेर बस्छौँ ।”
गायक मिलन लामाले यो शब्द भनिरहदाँ कार्यक्रमका प्रमुख अतिथि प्रचण्ड समेत अचम्मै बने । मिलनले टुक्का भन्दै फेरि भने वाम एकता भयो भयो । अब एकता हुन आम एकता हुनु पर्यो ।
अनि प्रचण्डलाई ईशार गर्दै भने वाम एकता भएको छ है हजुर मलाई टिकट दिनु पर्यो कलाकारको वेला आएको छ ।
प्रचण्ड हासे । फेरि यो कुरासगैँ ढिलो नगरौँ भन्दै मिलन लामाले भने समृद्धि आउने कहिले हो, चुनाव आई रहने । भोट हालेको छ । मुलुकले अग्रगामी विकास हुन्छ । अब एकता । माया प्रिरेमको गीत गाईन् । उनले अगाडी भने ।
चितवन बस्ने मिलन लामा गुञ्जनगरमा आईछ, झल्को किन लाग्यो भन्या भेट हुन पो रैछ, माझी दाई पोखरा फेवा तालको , लाउ माया नलाउन भो ख्याल ख्यालको बोलको गीतमा मिलन लामा मञ्चमा के प्रस्तुत भएका थिए दर्शक दिर्घाबाट तालीको गडगडाहटले गुञ्जनगरको विद्यालय क्षेत्र थर्कियो ।
घरमा पराल बारीमा बन्सो, घरमा केछ सन्चो र विसन्चो, बाटो खुल्यो जुम्ला कालिकोटको लगायतका थुप्रै गीत गाएका मिलन लामा आफ्नै आँगनामा पाउँदा गुञ्जनगरवासीहरु धेरै खुशी देखिन्थे ।
कहिल्यै नि आथेन, हजुर सित भेट हुन पाथेन हातमा कलम छ, मैरे गृह जिल्ला इष्टमित्रलाई यो मिलन लामाको छड्के सलाम छ भन्दै लामाले अहिलेको युवा पुस्ता र घरमा रहेका बुढाबुढी बाबुआमाको व्यथाले यसरी गीत मार्फत व्यङ्ग्य गरे ।
“दरबार जत्रो घर भएनि के काम लाग्यो चन्द्रिका
छोरी गइन अष्ट्ेलिया छोरा गए अम्रिका
सुन्छु उता नाती नातिना स्वीमीङपुलमा पौडने
यता घरका आँगन खाली कस्ले दौडने ।”
यो गीत सुनिरहँदा अगाडि पँक्तीमा बसेका बुढाबुढीका आँखा रसाएर आँशु झरेका थिए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकै भाबुक बनेका थिए । यस्ता गीत आफ्नै आँगनीमा बसेर सुन्ने अवसर गुञ्जनगर माविले जुराईदिएको थियो । कार्यक्रममा गायक लामाको गीतमा प्रचण्ड विरामी भएका कारण ननाचे पनि निकै भावुक शैलीमा प्रचण्ड हेरिरहेका थिए भने र युवायुवतीहरु झ्याम्मिएर नाचेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी