परदेशिएका कृष्णले घर देशमा रहेका चर्चित मोडल महेन्द्र गौतमको जिन्दगीलाई यसरी अटाए गीतमा

परदेशिएका कृष्णले घर देशमा रहेका चर्चित मोडल महेन्द्र गौतमको जिन्दगीलाई यसरी अटाए गीतमा

  • बिहिबार, चैत्र २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौँ ।

नेपालको लोक संगीत बजारमा दिनानुदिन नयाँ- नयाँ गीत संगीतका म्युजिक भिडियोहरु बजारमा आउने क्रम जारी छ । यसै क्रममा गायक तथा सर्जक लोक संगीतकर्मी कृष्ण देवकोटाको नयाँ गीतिसंग्रह “माया मार्‍यो प्रदेशीले” बजारमा आएको छ ।

लामो समय नेपालको संगीत क्षेत्रमा योगदान दिँदै आएका देवकोटाले पछिल्लोपटक बजारमा ल्याएको गीतले संगीतप्रेमी नेपालीहरुको मन जित्ने अपेक्षा गरिएको छ ।

उनले यसअघि “राम्दी झरेर”, ‘आज मुग्लिन झरौ’, ‘रेसम रुमालमा’, ‘तिनाउ खोला सङै तरौला’ जस्ता अरु थुप्रै गीतहरुको पनि सिर्जना गरी बजारमा ल्याएर चर्चा बटुली सकेका छन् ।

गायक देवकोटाका गीतहरुई नेपाली संगीतका श्रोताहरुले अत्याधिक मन पराउने गरेकोले यो पटकको नयाँ कोशेली पनि लोकप्रिय हुने निर्माण समुहले बताएको छ ।

संगीतमा मस्त रहने नेपाली संगीतप्रेमी मनहरुलाई धित मर्ने गरी सुन्ने भावहरु यो गीतमा समेटिएको गायक देवकोटा बताउछन् । आफुले नयाँ बर्षको पूर्वसन्ध्यामा पाठकहरुलाई नयाँ गित हेर्ने मौका मिलाएको समेत बताएका छन् ।

यो एल्बममा देवकोटालाई सुजन पराजुलीले साथ् दिएका छन् । यो गीतमा गाउँबेशी र चौतारीले आफुलाई खोज्दै गरेको कल्पना गरिएको छ । गाउँमा रहेकी आफ्नी प्रियसीले दिन गन्दै सम्झिदै गरेको जस्ता सब्दहरु समेटिएका कारण यो गित मौलिख पनि बनेको छ ।

पछिल्लोसमय बढी नै अश्लिल खालको बन्दै गइरहेको लोक संगीत क्षेत्रमा यो गीतले मौलिकता खोज्ने प्रयास गरेको छ । दिलिप रेग्मीको निर्देशन रहेको यो गीतमा महेन्द्र गौतम र ऋचा थापाले अभिनय गरेका छन्।

कृष्ण देवकोटा आफैले लयबद्ध गरेको यो गीतको सम्पादन रबिन वि.कले गरेका छन्। यो गीतमा कृष्ण देवकोटा, सुजन पराजुली र देबी घर्तीको स्वरमा रहेको छ भने माछापुच्छ्रे म्युजिक प्रालिले बजारमा ल्याएको छ ।

हेर्नुहोस् भिडियो
[youtube https://www.youtube.com/watch?v=jXM4xMq3qVE]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी