“त्यो मनमा” गीतबाट चर्चा कमाएका साहिल खड्का फेरी अर्को धमाकेदार गीत लिएर आउदै

“त्यो मनमा” गीतबाट चर्चा कमाएका साहिल खड्का फेरी अर्को धमाकेदार गीत लिएर आउदै

  • सोमवार, चैत्र २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
एकै गीतबाट चर्चा पाउने कलाकार कमै हुन्छन।त्यहि चर्चामा पुगेका गायक हुन् साहिल खड्का।खड्काको “त्यो मनमा”गीत नसुन्ने श्रोता कमै होलान।उनको आफ्नै शब्द संगीतमा उक्त गीतले उनलाई सफलताको चुलिमै पुर्यायो उक्त गीतले चर्चा पाउने बितिकै फेरी साहिल अर्को गीत बजारमा ल्याउनमै व्यस्त रहे।संगै गत बर्ष मात्रै बजारमा आएको “के यो माया हो”ले अझ खड्कालाई चर्चाको सिखरमा पुर्यायो।गीत जताततै गुन्जन थाल्यो तर साहिल आफु मिडियामा खासै प्रचारबाजीमा देखिन चाहेनन्।कारण उनको सृजनानै काफी थियो।बरु थोरै गीत गर्ने तर उत्कृष्ट गीत ल्याउने चाहना सहित बजारमा देखिएका साहिल फेरी अर्को नयाँ गीतबाट बजारमा आउदै छन।केहि महिना अगाडी उनकै शब्द संगीतमा तयार भएको गीत”एक पल”बजारमा आएको थियो।उक्त गीतले पनि धेरैको मन जितेको छ।अब उनले आफ्नै शब्द/संगीत र स्वरमा नयाँ गीत बजारमा ल्याउने तयारीमा छन।गीतको नाम समेत गोप्य राखेका साहिलले सो गीतमा नेपालकै चर्चित चर्चित कलाकारहरुलाई अभिनयमा देखाउने छन।भिडियोमा को को कलाकार राख्दै हुनुहुन्छ भन्ने प्रश्नमा साहिलले भने “कलाकार सबैको आँखामा बिजाएका सबैको मनको हुनेछन तर नाम अहिले भन्न सक्दिन” ।यसको अर्थ यो पनि होकी गीत फरक बनेको छ र कलाकार सोहि अनुसार साहिलले राख्दै छन।कहिल्यै आफ्नो सिर्जना मार्न नचाहने खड्का यस्तो प्रतिभा हुन् जो आफै गाउछन/आफै लेख्छन र आफै संगीत गर्छन।जसको तिनै विधा उतिकै उत्कृष्ट छन त्यसैले पनि उनलाई बहुप्रतिभासली कलाकार भन्दा फरक नपर्ला।उनको कामहरुले पनि हामी मुल्यांकन गर्न सक्छौ कति सफल कलाकार हुन् भनेर।धेरै सोच बिचार पुर्याएर राम्रो सृजना दिने साहिल खड्का दुईओटा गीत एक साथ् बजारमा लिएर आउने तयारीमा छन।एउटा गीत ३ करोड नेपालीलाई नचाउने खालको रहेको र अर्को भने पुराना माया प्रेमको झल्को मेटाउने रमाइलो लोक पप गीत रहेको खड्का बताउछन।दुवै गीतले अघिल्लो गीतको उचाइलाई अझ चुलीमा पुर्याउनेमा उनि ढुक्क छन।खड्कालाई सफल सांगीतिक यात्राको शुभकामना व्यक्त गर्दछौ।
उनका अहिले सम्मको गीतहरु हेर्नुहोस तलको लिंकमा
[youtube https://www.youtube.com/watch?v=457PElXXj80]
[youtube https://www.youtube.com/watch?v=OuL8Y8lnWB0]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी