पप सम्राट ओम बिक्रम बिष्टको उपचारको लागि सहयोगार्थ भयो टुडिखेलमा बृहत सास्कृतिक कार्यक्रम

पप सम्राट ओम बिक्रम बिष्टको उपचारको लागि सहयोगार्थ भयो टुडिखेलमा बृहत सास्कृतिक कार्यक्रम

  • सोमवार, चैत्र २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

कमल सरगम
काठमाण्डौ।
पप सम्राट ओम बिक्रम बिष्टको सहयोगार्थ आयोजना भएको ओम बिक्रम बिष्ट फन्ड राइजिङ्ग प्रोग्राम सम्पन्न भएको छ।काठमाण्डौको टुडिखेलमा शनिबार सम्पन्न कार्यक्रममा संगीत क्षेत्रका विशिष्ट कलाकार देखि अनुज कलाकार सम्मको उपस्थिति रहेको थियो।लामो समय देखि दुवै मृगौला फेल भएर अमेरिकामा उपचार गरिरहनु भएका बिष्टलाइ लागि सहयोग उक्त कार्यक्रम गरेका हुन्।रिबेल इभेन्ट्सको आयोजना र बिग नाइट्स इभेन्ट्सको ब्यबस्थापनमा सम्पन्न उक्त कार्यक्रममा कलाकारहरुले बिशेष बिष्टलाई सम्झदै उहाको स्वास्थ्य लाभको कामना सहित सबै कलाकारहरुले एक जुट हुदै बिष्टकै गीत गएका थिए।बिभिन्न संघ सस्थाले सहयोग गरि उक्त कार्यक्रमलाइ अगाडी ल्याउन थप प्रोत्साहन भएको रिबेल इभेन्टका संचालक राजेश हमालले जानकारी दिए।उपचारको क्रम जारि रहेको र सरकारले खासै चासो नदिएको गुनासो समेत हमाल पोख्छन।केहि समय अगाडी अमेरिकाको न्युवर्कमा रेबल इभेन्ट्स र नेपाल अमेरिकान कलाकार एसोसिएसनको संयुक्त आयोजनामा भएको कार्यक्रम भब्य रुपमा सफल भएको थियो।उक्त कार्यक्रमबाट रु ७ हजार १ सय ८९ डलर उठेको थियो उक्त रकमको १ हजार डलर संगीतकार पूर्ण गुरुङ्गलाई हस्तान्तरण गरेको थियो भने बाँकी ६ हजार १ सय ८९डलर पप गायक ओम बिक्रम बिष्टलाइ हस्तान्तरण गरेको रेबल इभेन्ट्सले जानकारी दिए।ओम बिक्रम बिष्ट बिशेष इभेन्टहरुमा व्यस्त हुने गर्दथे।हाल स्वास्थ्य स्थिति नाजुक अबस्थाकै कारण उनि अस्पतालको बेडमा मृत्यु संग लडिरहेका छन।अमेरिका पुगेको केहि समय बित्न नपाउदै ओम बिक्रम बिष्टलाइ मृगौलाको समस्या देखिएपछी अस्पताल भर्ना भएको थिए।बिष्टको लगातार उपचार भैरहेको छ।रेबलले टुडिखेलमा आयोजना गरेको उक्त कार्यक्रममा आक्रोशित हुदै राजेश हमालले भने “जिउदो रहुन्जेल कुनै रोग लागेको छ भने कसैलाई चासो छैन,जव कोहि कलाकारको मृत्यु हुन्छ तव रुवाबासी चल्छ।सकिन्छ भने स्रष्टा/कलाकारको सम्मान जिउदोमै गर्नु पर्छ मरेपछि हैन”।
उक्त कार्यक्रमका केहि तस्बिरहरु

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी