इक्यानमा सबै व्यावसायी गोलबद्ध गराउन सक्ने सहि नेतृत्व चाहिएको छ : सरोज कुमार बस्नेत उम्मेदवार, अध्यक्ष नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)

इक्यानमा सबै व्यावसायी गोलबद्ध गराउन सक्ने सहि नेतृत्व चाहिएको छ : सरोज कुमार बस्नेत उम्मेदवार, अध्यक्ष नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)

  • शनिबार, चैत्र २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

शैक्षिक परामर्शदातृहरुको साझा संस्था नेपाल शैक्षिक परामर्श संघ– ईक्यानमा ह्वात्तै चुनावी सरगर्मि बढेको छ । आगामी कार्यकालको नेतृत्व कसले लिने भन्नेमा व्यवसायीहरु समुहगत विभाजित भएका छन् । तर व्यवसाय प्रबद्र्धन र संस्थागत हितको लागि काम गर्ने र सवैले रुचाएको साझा व्यक्ति नेतृत्वमा आउनुपर्छ भन्नेमा व्यवसायीहरु एकमत देखिएका छन् । यसै सन्दर्भमा डेढ दशक भन्दा बढी परामर्श व्यवसायमा समय विताइसकेका र कुशलतापूर्वक इक्यानमा उपाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेका नेट्कोटेक टेक्नोलीजीका सिइओ सरोज कुमार बस्नेतले आउँदो बैशाख ८गते हुने निर्वाचनमा इक्यानको नेतृत्व गर्न अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

सवै व्यवसायीको साझा नेतृत्वको रुपमा भूमिका खेल्न सक्ने क्षमता भएका सरल र मिजासिलो स्वभावका बस्नेतले संस्थागत विकासमा आश्वसन दिने भन्दापनि ठोस काम गर्न सकियोस् भनेर नयाँ अवधारणा अगाडी सारेका छन् । उनले इक्यानलाइ बलियो बनाउन महिनामा एउटा मात्रै काम गरेपनि प्रभावकारी हुन्छ भन्ने धारणा राख्दै इक्यानको समृद्धीको लागि ‘२४ महिना २४ काम, सहि नेतृत्व साझा इक्यान’ भन्ने नारा तय गरेका छन् । बस्नेतले आफ्नो उम्मेदवारीलाई ईक्यानको नेतृत्व गर्नुमात्र नभएर इक्यानलाई व्यवसायीमैत्री र समावेसी बनाउँदै संघिय राज्यको संरचनाअनुरुप विकास गर्नुरहेको बताए । आइटि फिल्डमा विषेश दख्खल भएका बस्नेत व्यवसायमा पनि सफल मानिन्छन् ।

उनले इक्यानमा उपाध्यक्ष हुँदा संगठन विभागको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरी सदस्यता विस्तार गरेका थिए । बस्नेतले परामर्श क्षेत्रलाई साह्रै नजिकबाट बुझेको व्यक्ति भएको भन्दै व्यवसायी साथीहरुबाट यसपटक ईक्यानको नेतृत्व गर्न आग्रह गर्दै साथसमर्थन रहने भएपछि संस्थागतरुपमा केहि उल्लेखनीय काम गर्ने उदेश्यले अध्यक्षमा उम्मेदवारी दिएको बताए । उनले भने– ‘मैले त्यसै ‘२४ महिना २४ काम, सही नेतृत्व साझा ईक्यान’को नारालाई अगाडी सारेको होइन, यसमा व्यवसायीक हित प्रबद्र्धनको लागि हरेक व्यवसायीसँग हुने परामर्शको आधारमा काम गर्नसक्ने ठोस एजेण्डा समावेस हुनेछन् ।’ इक्यान सबैको अभिभावकिय संस्था भएकाले यसको गरिमा जोगाइराख्न सहि नेतृत्व र नीतिले काम गर्ने हुँदा व्यवसायी साथीहरुले मेरो उम्मेदवारीलाई अर्थपुर्ण र उत्साहकासाथ समर्थन गरिरहेका छन् ।

शैक्षिक परामर्श व्यवसायीलाई सँधै ब्रेन ड्रेनको आरोप लाग्ने गरेकोमा त्यसलाई चिर्न इक्यानमार्फत ग्लोबल एजुकेशनको ट्रेन अनुसार विश्वको जुनसुकै कुनामा पनि विद्यार्थीले प्रतिश्पर्धा गर्न सक्ने बतावरण बनाउन ब्यवसायीले बैदेशिक शिक्षासम्बन्धि दिएको परामर्शलाई योगदानको रुपमा लिनुपर्ने धारण राख्ने बस्नेतले विदेश अध्ययनमा जाने विद्यार्थीको शैक्षिक शुल्कको विमा अनिवार्य गर्न जोड दिने र शैक्षिक परामर्श क्षेत्रबाट संकलन भएको राजस्व यहि क्षेत्रमा खर्च गराउन सरकारसँग आवश्यक परामर्श र पहल गर्ने बतावरण बनाउन आफ्नो सक्दो प्रयास हुने बताए ।

उनले भरपर्दो परामर्शको लागि विद्यार्थी एवं अभिभावकको सहजताको लागि सम्पूर्ण जानकारी दिनेगरी इक्यान अन्तरगत हेल्पडेक्स स्थापना गरिने प्रतिवद्धता पनि व्यक्त गरे । उनले संस्था बलियो बनाउन सदस्यहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सकेसम्म एउटै छातामुनी गोलबद्ध हुने गरी सदस्यता विस्तार गर्दै सदस्यहरुको बृत्ति विकास र क्षमता अभिबृद्धि गर्न ट्रेनिङ, सेमिनार, भ्रमणलगायतका विषयमा समान सहभागिता हुनेगरी कार्यक्रमको आयोजना गर्ने बताए ।

सबै व्यवसायीहरुको साथ समर्थनले इक्यानमा आगामी कार्यकालको लागि आफ्नो नेतृत्व हुनेमा ढुक्क देखिएका बस्नेतले फरक समूह र विचारको प्रतिनिधित्व गरेपनि निर्वाचित भएर कार्यसमितिमा आएका साथीहरुलाई समान अवसर दिन कुनै कन्ज्युस्याँइ नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसपटक इक्यानको निर्वाचन पहिलेको भन्दा बढी रोचक र प्रतिश्पर्धात्म देखिए पनि आफ्नो टिमको जित सुनिश्चित भएको भन्दै बस्नेतले सबै व्यवसायी साथीहरुले दुविधामा नपरी सहि नेतृत्व छनौट गर्ने यो अवसरलाई सदुपयोग गर्दै आफु र आफ्नो टिमलाई अत्याधिक मत दिएर विजय गराउनेमा विश्वस्त रहेको बताए । साथै उनले निर्वाचनलाई भव्यताकासाथ सम्पन्न गर्न मतदानमा सहभागि हुन सम्पूर्ण सदस्यलाई आह्वान गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी