वैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने

वैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने

  • शुक्रबार, चैत्र २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ, २३ चैत ।

सरकारले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन गर्ने भएको छ ।

आज मन्त्रालयमा विद्यार्थी भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरणसम्बन्धी विशिष्ट व्यक्तिसँगको अन्तक्र्रिया कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयभन्दा बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउन पाठ्यपुस्तकसहित वैशाख २ गतेबाट भर्ना अभियान सञ्चालन गरिने बताउनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली वैशाख ५ गते कर्णाली पुगी एकजना विद्यार्थीलाई भर्ना गराउनु हुनेछ । उहाँले यसपटकको भर्ना अभियान स्थानीय तहका जनप्रतिनिधि, सामाजमा योगदान पु¥याएका विशिष्ट व्यक्ति, शिक्षाप्रेमी, वुद्धिजीवी र राजनीतिक व्यक्तिलाई पनि सामेल गराई अधिकतम विद्यार्थीलाई विद्यालयमा भर्ना गराउने जानकारी गराउनुभयो ।

ती व्यक्तिलाई ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइको स्थायित्व’ भन्ने नाराका साथ विपन्न, गरिब, सीमान्तकृत, लोपोन्मुख र पिछडिएको वर्गका न्यूनतम स्टेशनरी र पोशाकको व्यवस्थासहित भर्ना अभियान गरिदिनसमेत मन्त्री पोखरेलले आग्रह गर्नुभएको छ ।

उहाँले सबै मन्त्रालयका सचिव र सहसचिव सय जनालाई विद्यार्थी भर्ना अभियानमा लाग्न निर्देशन दिइसकेको जानकारी गराउनुभयो । मन्त्री पोखरेलले भर्ना अभियानलाई सफल पार्न प्रदेश तहका शिक्षा हेर्ने मन्त्रीसँग पनि छलफल गरिने बताउनुभयो ।

कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले वैशाखको दोस्रो हप्तासम्म राष्ट्रका विशिष्ट व्यक्तिबाट पाठ्यपुस्तकसहित भर्ना अभियान सञ्चालन गर्ने बताउनुभयो ।

उहाँले हातहातमा पुस्तकसहित भर्ना अभियानमा छुट भएका विद्यार्थीलाई वैशाखको तेस्रो हप्तामा घरदैलो गरी भर्ना अभियान गरिने बताउनुभयो ।

विद्यालय तहको शैक्षिक तथ्याङ्क २०७४ अनुसार प्राथमिक तहमा पाँच÷नौ वर्ष २.८ प्रतिशत र कक्षा १ देखि ८ सम्म ५देखि १२ वर्ष उमेर समूहका ७.७ प्रतिशत विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन् ।

यस वर्षको भर्ना अभियानको लागि सरकारले ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ आर्दश बाक्य तय गरिएको छ ।

कार्यक्रममा कलाकार हरिवंश आचार्य, मिथिला शर्मा, बद्री पङ्गेनी, सुनिल पोखरेललगायतले भर्ना अभियान सफल पार्नका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी