काठमाडौं, चैत्र १३ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनिएन क्रान्तिकारीले आज थप संघर्षको कार्यक्रमको घोषणा गरेको छ । शैक्षिक संस्थाहरुमा हुने भ्रष्टाचार तथा अनियमितताको विरोध स्वरुप संर्घषको कार्यक्रम तय गरिएको क्रान्तिकारीले जनाएको छ ।
अखिल क्रान्तिकारीले आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरि विरोधका कार्यक्रमको घोषणा गरेको हो । घोषित संघर्षको कार्यक्रम अन्र्तगत भोली देखि आगामी चैत्र २४ गते सम्म देशव्यापी सरोकारवाला निकायसँग छलफल, अन्र्तक्रिया, र गोष्ठी गर्ने रहेको छ ।
यस्तै आगामी चैत्र २५ गते संम्वन्धीत मन्त्रालय देखि स्थानीय निकाय सम्मलाई मागपत्र बुझाउने, २७ गते देखि चरणबद्ध रुपमा शैक्षिक आन्दोलनका कार्यक्रमहरु गर्ने जनाएको छ ।
चर्काे शुल्क अशुल्ने, वर्षै पच्छिे भर्ना गराउने, छात्रवृत्तिमा अनियमितता गर्ने, राष्टियता विरोधी पाठ्यक्रम अध्ययन गराउने शैक्षिक संस्थाको विरुद्ध संघर्ष गर्ने जनाउदै अखिल क्रान्तिकारीले मुलुकका विभिन्न जिल्लामा शैक्षिक सामाग्रीको अभावले विद्यार्थीको पढाईमा प्रत्यक्ष असर परेको प्रति आपत्ती जनाएको छ ।
यस्तै सरकारी विद्यालयहरुमा हुने भौतिक पुर्वाधारको समस्या, भ्रष्टाचार, राजनीतीक भागबण्डा, गुणस्तरहिनता, शिक्षक दरबन्दी थप तथा मिलानको समस्या केन्द्रित संघर्षको कार्यक्रम गर्ने र मासिक प्रगति विवरण तथा स्वेत पत्र अनिवार्य सार्वजनिक गर्ने पर्ने बताएको छ ।
सरकारी विद्यालय गाभ्ने, समुदायमा हस्तान्तरण गर्ने नाममा नीजिकरण गर्ने कार्यका विरुद्ध संघर्ष गर्ने जनाउदै अखिल क्रान्तिकारीले विदेशी बोर्डको नाममा अनुमति नलिई नेपालमा सञ्चालनमा आएका शैक्षिक संस्था देखि विश्व विद्यालय शिक्षामा विदेशी लगानिको विरुद्ध पनि संर्घष गर्ने जनाएको छ ।
संघर्षका कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष चिरञ्जीवी ढकालले दाङमा सम्पन्न सम्मेलनले लिएको निर्णय र आगामी शैक्षिक संघर्षका तत्कालिक २ हप्ते कार्यक्रमबारे जानकारी दिँदै शिक्षा,रोजगारी,स्वास्य जस्ता सामस्या सामाधानमा यूनियन सधै राज्यसत्ताको विरुद्धमा अवाज उठाउने बताउनु भयो ।