मुलुकभर आजबाट एसईई परीक्षा सुरु

मुलुकभर आजबाट एसईई परीक्षा सुरु

  • बिहिबार, चैत्र ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौं, चैत्र ८ ।
माध्यामिक शिक्षा परीक्षा एसईई मुलुकभर आजबाट सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यलयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी छन् ।

जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जामटेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी रहेका छन् । बिहान ८ बजेदेखि देशभरका परीक्षा केन्द्रहरुमा एकैसाथ परीक्षा सुरु भएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

परीक्षामा प्रति केन्द्र एक जना केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी ६४ हजार ७ सय ६२ जनशक्ति खटिएको नियन्त्रक रेग्मीले जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रक रेग्मीका अनुसार, प्रदेश १ बाट ४ हजार २ सय ९०, प्रदेश २ बाट ७० हजार ४ सय २, प्रदेश ३ बाट सबैभन्दा बढी १ लाख २ हजार, प्रदेश ४ बाट ४ हजार ९ सय ५४, प्रदेश ५ बाट ७९ हजार, प्रदेश नं ६ कर्णाली प्रदेशबाट ३८ हजार, प्रदेश ७ बाट ५५ हजार विद्यार्थीले परीक्षा दिँदैछन् ।

यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गरिएको हो । जसअनुसार अनिवार्य विषय तर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ ।

साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा बाधा पुर्याउने र अमर्या्दित कार्य गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको रेग्मीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी