यी हुन् अमेरिकाकी चर्चित मोडल गेडोस! यसरी भयो यीनको यस्तो अवस्था

यी हुन् अमेरिकाकी चर्चित मोडल गेडोस! यसरी भयो यीनको यस्तो अवस्था

  • बुधबार, चैत्र ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

यी महिला हुन् अमेरिकाकी चर्चित मोडल मेलनी गेडोस । २८ वर्षीया गेडोस वास्तविक रुपमा यस्तै छिन् । एक्टोडर्मल डिस्प्लेशिया नामक एक दुर्लभ अनुवांसिक विकारका कारण उनी यस्ती भउकी हुन् ।
यो रोगका कारण उनको कपाल, दाँत, नङ, हड्डी, छाला र ग्रन्थीको विकासमा नराम्रो असर पर्ने गर्दछ ।

मेलनी गेडोसको ओठ र तालू जन्मदेखि नै काटिएको र फुटेको थियो । उनको आँखा र कानमा पनि विकृति थिए । यसलाई ठिक गर्नका लागि उनले वाल्यकालमा नै ४० शल्यक्रिया गर्नुपरेको बताएकी छिन् ।

उनको कपाल , नङ ,दाँत छैन । दुई वर्ष पहिले उनले नक्कली दाँत बनाएकी थिइन् तर उनले त्यसलाई लगाउनै छोडिदिइन् । आफूले दाँत बिना नै खानेकुरा खान सक्ने भएकाले दाँतको कुनै आवश्यकता नभएको उनी बताउँछिन् । उनी विग पनि लगाउँदिनन् ।

लक्षणको आधारमा एक्टोडर्मल डिस्प्लेशिया १ सय ८० प्रकारका हुन्छन् । यसको साधारण असरमा पसिना नबन्नु र शरिरमा तापक्रम नियन्त्रित नहुनु पनि पर्दछ ।

मेलनीले यस्तो समस्या पनि झेल्नुपर्छ । उनले धेरैभन्दा धेरै पानी पिउनुपर्छ र उनी छायाँ र एयरकन्डिसनमा बस्नुपर्ने हुन्छ । यसो नगरे उनको स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्छ ।
आफ्नो भिन्न लुक र स्वास्थ्य समस्याका कारण पनि मेलनी न्यूयोर्ककी सफल मोडल हुन् । यद्यपी, उनले मोडलिङलाई करियर बनाउनेबारे कहिले पनि नसोचेको बताइन् ।

उनका अनुसार न्यूयोर्कको प्राट इन्स्टिच्युटमा आर्टको पढाई गर्नेबेला उनले एक प्रयोगको रुपमा फोटो खिचाएकी थिइन् । त्यसपछि उनले एक फोटोग्राफरलाई इमेल गरिन् त्यसपछि फोटोग्राफरले उनलाई मोडलिङको अफर दिए ।

६ वर्षदेखि मोडलिङ गरिरहेकी मेलनीसँग कामको कुनै कमी छैन । पछिल्ला दिनमा उनले आई–डी म्यागजिनको समर इश्युका लागि फोटोसुट गराइन् । अहिले उनी युरोपको प्रोजेकटमा व्यस्त छिन् । मेलनी अब हार्ड फेशन मोडलिङमा अवसर खोजिरहेकी छिन् ।

मेलनीका अनुसार उनलाई आफ्नो शरिरसँग कुनै समस्या छैन । उनी बाहिरबाट देख्दा जस्तो देखिए पनि, शरिरले जस्तो प्रकारले काम गरेपछि उनले त्यसलाई स्विकारेकी उनी बताउँछिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी