४ चैत, काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउने सन्दर्भमा गलत काम गर्ने कसैसँग सम्झौता नगर्ने बताउनु भएको छ ।
आज आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गलत काम गर्ने जोकसैलाई पनि नछाड्ने चेतावनी दिनुभयो ।
इमानका साथ काम गर्नेलाई प्रोमोट गर्ने र गत गर्ने एमालेकै नेता कायृकर्ता भएपनि नछाड्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।
विष्टले देशभित्र रोजगार सिर्जना गर्ने गरी सरकारले काम गर्ने भन्दै सुरुवातमा समस्यामा परेको वैदेशिक रोजगार क्षेत्रबाट सुधारको प्रयास थालिएको बताउनु भयो ।
‘प्रस्तावित नयाँ वैदेशिक रोजागर ऐन आफुले हेर्न नपाएको भन्दै उहाँले त्यसको अध्ययन गरेर आवश्यक निर्णय लिने बताउनु भयो ।
उहाँले वैदेशिक रोजगार ऐनलाई देश र कामदारको हित अनुकुलको बनाउन ब्यापक छलफल गरिने बताउनु भयो ।
म्यानपावर ब्यवसायीहरु ऐन आफू अनुकुल बनाउन लबिङमा रहेका बेला मन्त्री विष्टले भने ऐनलाई अघि बढाउन गृहकार्य सुरु गर्ने बताउनु भएको हो ।
लामो समयदेखि ड्राफ्ट भएर पनि ऐन संसदमा पेश भएको छैन ।