युएस बंगलाको विमान दुर्घटना सम्बन्धी गीत बजारमा

युएस बंगलाको विमान दुर्घटना सम्बन्धी गीत बजारमा

  • शनिबार, चैत्र ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

३ चैत्र,काठमाडौँ । त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटना सम्बन्धि गीत सार्वजनिक भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झानामा दुई गीत तयार भएको हुन् ।

सर्व सम्मान म्युजिक प्रा.लि.ले बजारमा ल्याएको गीत शनिबार काठमाडौँका संवाद डबलीमा विमोचन गरिएको हो । युएस बंगला एयरलाइन्सको विमान कसरी दुर्घटना भयो, घटनापछि परिवारमा परेको पीडा गीतमा समेटिएका छन् ।

नेपाल लोकदोहोरी प्रतिस्ठानका पूर्वअध्यक्ष चन्द्र शर्मा,चर्चित गायक जीवन परियार, एसियन लाइफ इन्सोरेन्सका तीन नम्बर प्रदेश इन्चार्ज लोकराज जैशी, गायक धर्म न्यौपानेलगायतले गीतको विमोचन गरेका गिए ।

कार्यक्रममा बोल्दै शर्माले गीतमाध्येमबाट दुर्घटनामा सबैको ध्यान तान्ने काम भएको बताए । उनले दुःख र सुखहरुलाई गीतमा समेट्नु कलाकारहरुको कर्तव्य बताउँदै सर्वसम्मानले आफ्नो कर्तव्य पूरा गरेको बताए ।

त्यसैगरी गायक जीवन परियार, एसियन लाइफ इन्सोरेन्सका तीन नम्बर प्रदेशका इन्चार्ज लोकराज जैसी, गायक धर्म न्यौपाने, इन्जिनियर रमेश शिवशंकरलगायतले पीडित परिवारले भन्न नसकेका कुरा गीतमा समेटेको बताउँदै पीडा भुल्न केही सहयोग गर्ने धारणा राखेका थिए ।

कार्यक्रममा फागुन २८ गते भएको दुर्घटना सम्बन्धी दुई गीत एकै पटक विमोचन गरिएका थिए । पहिलो गीतमा कृष्ण लामिछानेको स्वर र लय छ भने देव बटालाको शब्द हो । त्यसैगरी दोस्रो गीतमा जगत बिसीले स्वर दिएका छन् भने प्रेम दैलेखीको शब्द रहेको गीतमा प्रेम जगतको लय रहेका छ ।

गीतको मिक्सिङ मार्मिक रेकर्डिङ स्टुडियोका प्रबन्धक मानबहादुर बलामीमगरले गरेका हुन् भने संगीत रोकश सोनी र महेश पाण्डेयले दिएका छन् ।

दुबै गीतको भिडियो पनि तयार भएको सर्व सम्मान म्युजिक प्रा.लि.का प्रबन्धक निर्देशक प्रकाश क्षेत्रीले कार्यक्रममा जानकारी दिए ।

भिडियोमा प्रकाश क्षेत्री, ललिजन बोगटी, हिना, पुजालगायतका कलाकारहरुले अभियन गरेका छन् । प्रकाश क्षेत्रीको निर्देशन रहेका भिडियोको सम्पादन अनिल रानाले गरेका छन् भने छायांकन विरेन्द्र भट्टले गरेका छन् ।

कार्यक्रममा दुर्घटनामा परी ज्यान गुमाउनेहरुको सम्झानामा फोटोमा लामा र दीप प्रज्वलन समेत गरिएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी