हल्लामा भन्दा काममा बिश्वास गछुः भैरे निर्देशक बोहोरा

हल्लामा भन्दा काममा बिश्वास गछुः भैरे निर्देशक बोहोरा

  • शनिबार, चैत्र ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

चैत, काठमाडौं ।
आउँदो जेठ १८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘भैरे’ का निर्देशक एभरेष्ट सुर्य बोहोराले जहिलेपनि काममा बिश्वास गर्ने बताएका छन् । पछिल्लो समय चलचित्रको प्रमोशन हल्लैहल्लामा गरिने प्रवृति बढेको सुनाउँदै उनले आफ्नो चलचित्र ‘भैरे’ त्यसरी प्रचार गर्न नचाहेको बताएका छन् । ‘काम राम्रो गरेपछि दर्शकलाई मन परेपछि माउथ पब्लिसिटी हुन्छ त्यसैले शुरुवातमै चलचित्रको बारेमा अनेक फण्डा गर्नुपर्छ जस्तो लाग्दैन ।’, बोहोराले भने । चलचित्र प्रदर्शन हुनुअघि धेरै कुराहरु गरिन्छ, चलचित्रमा नभएका कुराहरुपनि धेरै सुनिन्छ तर चलचित्र हेरिसकेपछि दर्शकले गालिगरेको सुनिन्छ, यसले पछिका चलचित्रमा निर्देशक, निर्माता तथा पुरा टीमलाई समस्या पर्न जान्छ’, उनले थपे ।
निर्देशक बोहोराले दर्शकले चलचित्र हेरुन्जेल पुर्ण मनोरञ्जन लिनसक्ने बताए । चलचित्रमा सुनिल थापा ‘रातेकाईंला’, चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ ‘हैट’ जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा लगायतका कलाकारहरू मुख्य भूमिकामा रहेका छन् भने बाल कलाकारहरूमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको पनि अभिनय रहेको छ ।
नेपालय सिनेमा ईन्टरनेशनल प्रालिको ब्यानरद्धारा निर्मित निर्देशक एवं कलाकार एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘भैरे’को निर्माता द्दय प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी रहनुभएको छ भने कार्यकारी निर्मातामा लेख बहादुर पुन ‘डेनिम’,सह निर्मातामा करुणाकर घिमिरे रहनुभएको छ । पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको उक्त चलचित्रमा सूर्य थोकरको द्दन्द निर्देशन रहेको छ ।
केहिदिन अघिमात्रै ‘भैरे’मा समावेश ‘सान्नानी लाई भेट्न आउँदा’ बोलको गीत सार्वजनिक गरिएको थियो । गीतमा शब्द र संगीत,वसन्त सापकोटा, स्वर,यम बराल र वसन्त सापकोटा र मेलीना राई,संगीत संयोजन रिकेस गुरुङ, स्टुडियो ,प्रिज्मा रहेको उक्त गीतका कोरियोग्राफर कविराज गहतराज हुन् भने सम्पादन बबी शाहको रहेको छ । वर्षा सिवाकोटी, चर्चित नायक विक्रान्त बस्नेत र हास्य कलाकार बुद्धि तामाङ ‘हैट’को आकर्षक नृत्य रहेको गीतको भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन निकै स्तरिय बनेको छ ।
[youtube https://www.youtube.com/watch?v=8S-BH9uhDPY]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी