लगनखेलका सडक व्यावसायी पुनः आन्दोलित , व्यापार व्यवसायी संगठनद्धारा सर्घषका कार्यक्रम घोषणा

लगनखेलका सडक व्यावसायी पुनः आन्दोलित , व्यापार व्यवसायी संगठनद्धारा सर्घषका कार्यक्रम घोषणा

  • शुक्रबार, चैत्र २, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौ, चैत्र २ ।
ललितपुरको लगनखेल आसपास क्षेत्रमा ब्यावसाय गर्दै आएका सडक व्यावसायीहरु बिभिन्न पाँच बुदे माग सहित पुन आन्दोलीत भएका छन् ।
ब्यावसायीको वैकल्पिक ब्यावस्थापन लगायतका माग सहित लामो समयदेखि आन्दोलन गर्दै आएका व्यावसायीहरुले आफुहरुको माग सम्बोधन नभएको भन्दै संयुतm सेवा प्रदायक व्यापार व्यवसायी संगठनको नेतृत्वमा आजबाट संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।
लगनखेल बसपार्कमा आज पत्रकार सम्मेलन गरि संगठनले सडक व्यवसायीको सुरक्षा सहित वैकल्पिक व्यावस्थापन नहुँदासम्म सहज रुपमा समय निर्धारण गरि सहज रुपमा व्यावसाय गर्न दिन माग गरेका छन् ।

संगठनले व्यावसाइलाई आफनो व्यवसाय गर्ने सहज वातावरण बनाईदिन सरकारसंग माग गरेको हो ।
पत्रकार सम्मेलनपछि वितरित बिज्ञप्तीमा वैकल्पिक व्यवस्था नहुन्जेलसम्म सडक व्यापारीलाई सहज समय निर्धाराण गरी आफनो समय भित्रमा कुनै अबरोध नगरी व्यवसायी गर्नु पाउनु पर्ने माग गरीएको छ ।


साथै व्यापारमा व्यवसायीमा हुने कालो बजारीलाई पहिचान गरी कडा भन्दा कडा कार्वाहि गर्दै साना व्यवसालाई व्यवस्थित गरी व्यवासयी बाट उचित कर संकलन गर्ने पनि आग्रह समेत गरीएको छ ।
व्यवसायीको हक हितका लागि पटक पटक आवाज उठाउदै आएकोमा सरकारले संधै आलटाल गर्दै आएको प्रति आपत्ति जनाएको छ ।
आफनो व्यापार व्यवसायी गरीखाने सबैको अधिकार रहेको भन्दै व्यवसायीको समस्या मा फेरी पनि सरकार गम्भिर नभए कडा प्रतीकारमा उत्रने चेतावनी दिदै संर्घषको कार्यक्रम समेत घोषणा गरेको छ ।


आन्दोलनका कार्यक्रम अन्र्तगत आगामि चैत्र ४ गते प्रधानमन्त्रीको कार्यालएमा ज्ञापनपत्र बुझाउने र ५ गते नगरपालिकामा धर्ना दिने साथै ,६ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा धर्ना दिने संगठनले जनाईएको छ ।
यस्तै ७ र ८ गते कालोपटि बांधेर सांकेतिक विरोधका साथ आफनो व्यवसाय सञ्चालन गर्ने पनि जनाईएको छ ।
त्यसपछि पनि आफुहरुको माग सुनुवाई नभएमा चैत्र ९ गते पत्रकार संम्मेलन गरी दोस्रो चरणको संर्घषका कार्यक्रम घोषणा गर्ने पनि संगठनले जनाएको छ ।
साथै संगठनले विज्ञप्तिमार्फत देशको प्राकृतीक स्रोत साधन प्रसस्तै हुदा हुँदै पनि विदेशि सामानले स्थान पाएको प्रति पनि सरकाको ध्यानाकर्षण समेत गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी