शुटिङ स्थलमै ढले अमिताभ बच्चन

शुटिङ स्थलमै ढले अमिताभ बच्चन

  • बुधबार, फाल्गुन ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

बलिउड अभिनेता अमिताभ बच्चन फिल्म शुटिङका क्रममा विरामी परेका छन् ।

आफ्नो आगामी फिल्म ठग्स अफ हिन्दूस्तानको शुटिङमा व्यस्त उनी अचानक शुटिङ सेटमै ढलेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार विहान ३ बजेसम्म शुटिङ गरेका अमिताभले ५ बजे आफ्नो ब्लगमार्फत स्वास्थ्य अवस्था विग्रिएको जानकारी गराएका थिए ।

उनको उपचारका लागि मुम्बईबाट निजी चिकित्सक शुटिङस्थल जोधपुर पुगेको थियो ।

चिकित्सकले उनको अवस्था सामान्य रहेको र केही दिन आराम गर्न सुझाव दिएको बताइएको छ ।

यसअघि फिल्म शुटिङकै लागि अमिताभ पुरै टिमका साथ थाइल्याण्ड गएका थिए ।

त्यहाँ अत्यधिक चिसोका कारण उनको स्वाथ्यमा असहजता आएको थियो ।

ठग्स अफ हिन्दुस्तानका अलावा अमिताभ बच्चन १०२ नट आउटको शुटिङ पनि गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी