गाउँले मान्छे मन नपर्ने भन्दै नायिका साम्राज्ञीले चलचित्र नै अस्वीकार गरिन्

गाउँले मान्छे मन नपर्ने भन्दै नायिका साम्राज्ञीले चलचित्र नै अस्वीकार गरिन्

  • सोमवार, फाल्गुन २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले गाउँले मान्छे मन नपर्ने भन्दै एउटा चलचित्रको अफर नै अस्वीकार गरेकी छन् । उनले गाउँले भूमिका अस्वीकार गरेपछि अर्को कलाकारले अभिनयको मौका पाएकी छन् ।

निर्माता तथा निर्देशक अशोक शर्माकाे नयाँ चलचित्रमा अभिनय गर्न उनले अस्वीकार गरेकी हुन् ।   उनले लामो समयपछि निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम भने तय भएको छैन । तर, कलाकारको नाम भने फाइनल गरिएको छ ।

अशोकले निर्देशन तथा निर्माण गर्न लागेको नयाँ चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिदैछन् । यो चलचित्रका लागि शुरुमा नायिका साम्राज्ञीलाई अफर गरिए पनि साम्राज्ञीले गाउँले भूमिका भएको भन्दै गर्न नमानेपछि स्वस्तिमालाई अफर गरिएको थियो ।

स्वस्तिमाले भने यो चलचित्रमा काम गर्ने पक्का भएको छ ।यो चलचित्रको छायाँकन माघको अन्तिमबाट शुरु हुने जनाइएको छ । चलचित्रको कथा खगेन्द्र आफैले लेखेका हुन् । चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी अशोकले गरेका छन् । चलचित्रको छायाँकन इलाम, विर्तामोडलगायतका स्थानमा गरिने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी