चलचित्र अनुरागमा नेपाल आइडलका प्रताप दासले गएको लिरिकल भिडियो सार्बजनिक(एक पटक हेर्नुहोस)

चलचित्र अनुरागमा नेपाल आइडलका प्रताप दासले गएको लिरिकल भिडियो सार्बजनिक(एक पटक हेर्नुहोस)

  • सोमवार, फाल्गुन २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ । नेपाल आइडलका प्रताप दास ले गाएको “तिम्रो स्वरमा स्वर मिलाई …’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

गीतमा सरोज पोखरेलको संगीत रहेको छ भने शब्द सत्य राज चौलागाईं छ ।उक्त लिरिकल भिडियो लाई टेकेन्द्र शाहले सम्पदान गरेका छन् ।

निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म ‘अनुराग’को वर्ष २०७५ को जेष्ठ ११ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।

‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ । साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो। चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति रहेको ‘अनुराग’ फिल्ममा भरत गौतम र गीता भेटवाल को लगानी रहेका छ ।

उक्त फिल्ममा लाइन प्रोडुसर दिपक गौतम रहेका छन भने निर्माण नियन्त्रकका रुपमा नविन पुरी रहेका छन् |

फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ । उक्त लिरिकल भिडियो ओ एस आर डिजिटल युट्युव चानल सार्वजनिक गरिएको छ |

[youtube https://www.youtube.com/watch?v=MuB3mqE3S60]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी