घोषित पुरस्कार नपाएपछि नेपाल आइडल बुद्ध लामाको आक्रोश (भिडियोमा)

घोषित पुरस्कार नपाएपछि नेपाल आइडल बुद्ध लामाको आक्रोश (भिडियोमा)

  • शुक्रबार, फाल्गुन २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं । नेपाल आईडल विजेता बुद्ध लामाले घोषित पुरस्कार नपाएको गुनासो गरेका छन् । नेपाल आइडल विजेता लामाले घोषित पुरस्कार महिन्द्राको केयुभी १०० का नपाएको गुनासो गरेका हुन् । गत दशैमा सम्पन्न पहिलो नेपाल आइडल विजेता बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी 100 गाडी पाएका थिए ।

साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाएका थिए । उनले नगद २० लाख त पाए तर कार भने अझै नपाएको गुनासो गरेका छन् । पुरस्कार बापत दिईने भनेको गाडी आइडल कार्यक्रम आयोजकले अझैसम्म आफुलाई उपलब्ध नगराएको गुनासो गरेका हुन् ।

उनले एउटा अडियो सन्देशमार्फत कार नपाएको खुलाशा गरेका हुन् । जुन सन्देश सामाजिक सञ्जालमा निकै भाइरल भईरहेको छ । अडियोमा उनले भनेका छन्, ‘आठ महिना भैसक्यो धाउदा धाउदै कति दुख पाइसकें अझै कति धाउनु ? गाडी लैजाने हो भने ट्याक्स बापतको आठलाख रुपैयाँ लिएर आउनु गाडी लैजानु भन्छन र घरमा एक रुपैयाँ छैन मैले कहाबाट ल्याउनु त्यत्रो पैसा ? ल मेरो यो समस्या कसरि बाहिर ल्याउन सकिन्छ गरिदिनु पर्यो ।’

[youtube https://www.youtube.com/watch?v=knhMMtGS1A0]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी