अखिल (क्रान्तिकारी)द्धारा भोलि (आइतबार) शैक्षिक हड्ताल

अखिल (क्रान्तिकारी)द्धारा भोलि (आइतबार) शैक्षिक हड्ताल

  • शनिबार, फाल्गुन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

१९ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले भोलि शैक्षिक संस्था बन्द गर्ने भएको छ ।

संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित देशभर नेता कार्यकर्तालाई रिहाइ नगरेको भन्दै विरोधस्वरुप हड्तालको घोषणा गरेको हो ।

यसअघि संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले विज्ञप्ति जारी गरेर गिरफ्तार नेताहरुको रिहाइको माग गर्नुभएको थियो ।

सिंहले सम्मेलनको तयारीमा रहेका नेता कार्यकर्ता विना कारण गिरफ्तार गरेको भन्दै शैक्षिक हड्ताल गर्ने चेतावनी दिनुभएके छ ।

सरकारले गिरफ्तार नेताहरुको रिहाइको गर्नुको साटो देशभरबाट थप गिरफ्तार गरिरहेकोले पूर्व घोषित शैक्षिक हड्ताल जारी रहेको अखिल क्रान्तिकारीले जनाएको छ ।

“सामाजिक दलाल सत्ताको तुच्छ हर्कतले उनीहरुको दुहाई दिँदै आएको कथित लोकतन्त्रको मुकुण्डो धुजाधुजा भएको छ । गिरफ्तारीको आवरणमा राज्यद्वारा अपहरणमा पर्नु भएका संगठनका महासचिवलगयात सबै कमरेडहरुको विना शर्त यथाशिघ्र रिहाई गर्न जाडदार माग गर्दछौं । अध्यक्ष सिंहले जारी विज्ञप्तिमा उल्लेख छ ।

अखिल क्रान्तिकारीले यसअघि देशव्यापी विरोध प्रदर्शन, प्रचारप्रसार तथा अन्तरक्रिया सहितका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।

भोलि शैक्षिक संस्था बन्द गरेर आफ्नो आन्दोलनलाई सहयोग गर्न अखिल क्रान्तिकारीले सबैमा आग्रह गरेको छ ।
यसैबीच सुर्खेत र बैतडीबाट तीन तीन जना विद्यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
महासचिव दिपेन्द्र लगाउनेलाई काठमाडौंको कमलपोखरीस्थित प्रहरी वृतमा राखिएको छ । चलाउनेमाथि सार्वजनिक मुद्दा लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी