आयोजकको दाबी , सलमान खानलाई ल्याएर कार्यक्रम गरेर छाड्छौँ

आयोजकको दाबी , सलमान खानलाई ल्याएर कार्यक्रम गरेर छाड्छौँ

  • शनिबार, फाल्गुन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ।

बलिउडका चर्चित अभिनेता सलमान खानको उपस्थितिमा काठमाडौँमा हुन लागेको दब्याङ्ग टुर स्थगित भएपछि बेचिएका ५ हजार थान टिकटबारे विभिन्न प्रश्न उठ्न थालेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको धम्कीपछि फागुन २६ गते हुन लागेको दब्याङ्ग टुर स्थगित भएसँगै कार्यक्रमका लागि बेचिएका टिकट आयोजकले फिर्ता गर्लान् या नगर्लान् ?

यो कार्यक्रम आयोजन गर्न लागेको इभेन्ट म्यानेजमेन्ट कम्पनी ओडिसी इन्टरटेन्मेन्टका सीमान्त गुरुङले अहिले बेचिएकै टिकटबाट सलमानलाई अर्को मितिमा नेपाल ल्याइने दाबी गरेका छन् ।

‘अहिले बेचिएकै टिकटबाट अर्को मितिमा कार्यक्रम गर्छौँ, त्यसका लागि सलमानसँग कुरा भइरहेको छ’, सीमान्तले भने, ‘करिब ४ हप्तासम्म सलमान भारतको पुणेसहितका स्थानमा ठुला कार्यक्रममा सहभागी हुने व्यस्त सेड्युल छ । हामी चारदेखि पाँच हप्ताको बीचमा अहिले बेचिएकै टिकटबाट अर्को शो गर्नेगरी सलमानसँग कुरा गरिरहेका छौँ ।’

सीमान्तले अहिले टिकट किनेकाहरुमध्ये जरुरी परेका र अर्को शोमा उपस्थित हुन नसक्नेरुको पैसा पनि फिर्ता गर्ने बताए । ‘विदेश जान लागेका तथा अन्य कारणले कार्यक्रममा उपस्थित हुन नसक्नेको पैसा हामी फिर्ता गर्छौँ’, उनले भने, ‘हामीलाई विश्वास गर्नुस्, अहिलेकै टिकटबाट सलमानको कार्यक्रममा सहभागी हुने व्यवस्था गर्छौँ । सलमान नेपाल आउन कम्तिमा चारदेखि पाँच हप्ता लाग्छ । त्यही अनुसार अहिले हामी सलमानसँग छलफलमा छौँ ।’

सलमानलाई नेपाल ल्याउनका लागि उनीसहितका कलकारको पारिश्रमिक पनि पठाइसकेकाले कार्यक्रम गर्नुको अर्को विकल्प नहुने उनको भनाइ छ ।

‘हामीलाई गरेको विश्वासलाई गुम्न नदिन पनि हामी अर्को मितिमा यही टिकटले कार्यक्रम गर्छौँ’, उनले भने, ‘यदि कार्यक्रम हुन सकेन भने हामीसँगै नेपालप्रति अरुले हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । त्यही कारण हामी यो कार्यक्रम अर्को मितिमा सलमान ल्याएर गरेर छाड्छौँ ।’

अन्नपूर्णपोष्ट

यो पनि

नेकपाको आपत्ति पछि सलमान खानको भ्रमण स्थगित:सलमानले लिइसकेकाे पाँच करोड के हुन्छ ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी