नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको नाममा वारेन्टः सम्पत्ति सर्वस्वहरण

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको नाममा वारेन्टः सम्पत्ति सर्वस्वहरण

  • मङ्लबार, फाल्गुन १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाडौं ,१५ फागुन। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको दाइ चन्द्रबहादुर चन्दको कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ स्थित घरमा वारेन्ट जारी गरेको पुर्जी टाँस गरेको छ ।

महासचिव विप्लवलाई ज्यान मार्ने तथा विष्फोटक पदार्थको मुद्दा लगाएर गिरफ्तार गर्न उक्त पुर्जी टाँस गरेको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरले गत मंसीर १० गते दर्ता गरेको मुद्दालाई कार्यान्वयन गराउन कपिलबस्तु जिल्लाको वडा प्रहरी कार्यालयलाई पत्र लेखेको थियो ।

तर रामबहादुर थापा(बादल) गृहमन्त्री भएको पर्सीपल्ट पुर्जी टाँस गरिएकाले उक्त कार्यलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ । उक्त पुर्जीसँगै टाँसिएको अर्को पत्रमा कमरेड विप्लवको अंश रोक्का गरिने उल्लेख गरिएको छ । यदि २ वर्षसम्म गिरफ्तारी नदिएमा रोक्का सम्पूर्ण अंशमा कुनै हक नलाग्ने कुरा उल्लेख छ ।

केपी ओली सरकार र बादलको गृहमन्त्रालयले यसरी पुर्जी टाँस्नु र अंशमा रोक लगाउनुले जनयुद्धकालमा तत्कालीन सत्ताले प्रचण्ड, बादलहरुमाथि लगाइएको मुद्दाको झल्को दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ