यौन दुब्र्यवहार विरुद्ध खुला पत्र लेख्दै दुईसय कलाकार !

यौन दुब्र्यवहार विरुद्ध खुला पत्र लेख्दै दुईसय कलाकार !

  • शुक्रबार, फाल्गुन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

ब्रिटेनका करीब दुई सय कलाकारले सबैखाले उद्योग र स्थानमा हुने यौन दुब्र्यवहार अन्त्यका लागि अपील गरेका छन् ।

सिनेमा, टीभीलगायतमा काम गर्ने ती कलाकारले खुला पत्र लेख्दै सबैखाले उद्योगमा हुने यौन दुव्र्यवहार अन्त्य गर्न अपील गरेका हुन् ।

दि अब्जर्भरमार्फत खुल्ला अपील गर्नेमा एम्मा थम्पसन, केरिया नाइट्ली, एम्मा वाट्सनलगायतका ख्याती प्राप्त कलाकार छन् ।

एम्मा वाट्सनले त त्यस्तो दुव्र्यवहारमा परेका महिलाको सहयोग अभियानका लागि दश लाख पाउण्ड सहयोग नै दिएका छन् ।

केरिया नाइट्ली र टम हिड्डलेस्टनले पनि दश हजार पाउण्ड दिनुभएको छ ।

यौन दुव्र्यवहारविरुद्ध सांकेतिक विरोधस्वरुप उनीहरु आइतवार राति लण्डनमा हुने बाफ्टा अवार्डको रेड कार्पेटमा कालो पहिरनमा उत्रने छन् ।

उनीहरुको यो पहल हलिवुडले थालेको ‘टाइम्ज् अप’ अभियानप्रति ऐक्यवद्धता मानिएको छ ।

हलिवुडका दिग्गज सिनेमा निर्माता हार्भेई वीन्स्टेइनले फिल्म अभिनेत्रीमाथि गरिएको यौन दुव्र्यवहारको खबर सार्वजनिक भएपछि अहिले विश्वभर नै यसविरुद्ध खुलेर प्रदर्शनहरु भइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी