के ट्रम्पले यी महिलासँग यौन सम्बन्ध राखेकै हुन् त ? पोर्नस्टारले खोलिन वास्तविक रहस्य ( भिडियाे सहित)

के ट्रम्पले यी महिलासँग यौन सम्बन्ध राखेकै हुन् त ? पोर्नस्टारले खोलिन वास्तविक रहस्य ( भिडियाे सहित)

  • सोमवार, फाल्गुन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

एजेन्सी,फागुन ७ । केही नबोली स्टोर्मी डेनियल्सले मन्द मुस्कान मात्र दिइन् । प्रश्न यौनसँग जोडिएको थियो जुन उनले टेलिभिजन च्यानलमा दावी गरेकी थिइन् – डोनाल्ड ट्रम्पसँग सेक्स भएको थियो । डेनियल्स जसको सहि नाम हो स्टेफनिक क्लिफोर्ड, पोर्न स्टार ।

राष्ट्रपतिसँगको यौन सम्बन्धको विषय एकाएक चर्चामा जब ट्रम्पका वकिल मिखेल कोहेनले चुनावको एक साताअघि १ लाख ३० हजार अमेरिकी डलर तिरेर पोर्नस्टारको मुख बन्द गराएको सार्वजनिक भयो । विषय चर्चामा आएपछि टेलिभिजन अन्तर्वार्तामा उनलाई सोधिएको थियो, ‘तपाईँको डोनाल्ड ट्रम्पसँग यौन सम्बन्ध भएको थियो ? ’ उत्तरमा उनले रहस्यमयी मुस्कान मात्रै दिइन् ।

एक सन्तानकी आमा समेत रहेकी उनी यतिखेर चर्चाको केन्द्रमा छिन् । ‘कसैले पनि मलाई दोहर्याएर हेर्दैन थिए’, चर्चाको केन्द्रमा रहँदा उनको प्रतिक्रिया थियो, ‘अहिले जोसुकैले पनि मलाई नै हेरिरहेका छन् ।’ ३९ वर्षकी स्टारले १ सय ५० भन्दा बढी फिल्म गरिसकेकी छिन् जसमा गुड विल हम्पिङ र अपरेसन डिजर्स स्ट्रोमीसमेत सामेल छन् ।

उनले टच म्यागेजिनसँग कुरा गर्दा ट्रम्पसँग सेक्सुअल रिलेसन रहेको बताएकी थिइन् । भविष्यको अमेरिकी राष्ट्रपतिसँग त्यस्तो सम्बन्ध एक वर्षसम्म कायम थियो । ट्रम्पका वकिलले डेनाइल्सलाई पैशा दिएर चुप लगाएको विषयलाई अस्वीकार गरेका छन् ।

वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुने तयारीमा रहेकी फस्ट लेडीले स्विट्जरल्यान्डको डाभोस यात्रा क्यान्सिल गर्नुका पछाडि यही खुलासा रहेको अनुमान गरिएको छ । यद्यपि ट्रम्पका प्रवक्ताले सेड्युल र लजिस्टिक इस्युका कारण उनी नगएको दावी गरेकी छिन् । उनीहरुको यौन सम्बन्ध त्यतिखेर भएको खुलासा भएको छ जतिखेर ट्रम्पकी पत्नी मेलेनियाले एक महिनाअघिमात्र छोरो वारोनलाई जन्म दिएकी थिइन् । डेनियल्सले यौन सम्बन्धमात्र होइन २०११ को अन्तर्वार्तामा रासलीलाका तरिकाबारे पनि खुलाएकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी