शेरबहादुर ग्राण्ड प्रिमियर सम्पन्न,सबैबाट वाही वाही

शेरबहादुर ग्राण्ड प्रिमियर सम्पन्न,सबैबाट वाही वाही

  • बिहिबार, माघ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ । माघ १९गते शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘शेरबहादुर’को बुधबार राजधानीमा रेड कार्पेट प्रिमियर गरिएको छ ।
कुमारी हलमा सम्पन्न सन्ध्याकालिन प्रिमियर शो मा दर्जन बढि फिल्मकर्मी, मिडियाकर्मी तथा भिन्न भिन्न क्षेत्रसँग सम्बन्धित बिसिष्ट व्याक्तित्वहरुले फिल्म हेरे ।
नाम चलेका भेट्रान कलाकारहरुको प्रिमियर जमघटले माहोल गर्माएको थियो ।फिल्म हेरिसकेपछि धेरै फिल्मकर्मी तथा मिडियाकर्मीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सुनिल थापाको अभिनयको तारिफ गरे । सँगसँगै फिल्मले उठाएको विषयवस्तु तथा अन्य कलाकार रविन्द्र झा र मेनुका प्रधानको पनि खुलेर तारिफ गरे । यस्तै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्मप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरिन् ।
अभिनेत्री करिश्मा मानन्धरले जुन अपेक्षा लिएर हलमा छिरेको त्यो भन्दा माथी धेरै उत्कृष्ट पाएको प्रतिक्रिया फिल्मलाई पोखिन् त्यस्तै कलाकार किरण केसीले ‘थ्रिलर’ जनराको फिल्ममा सुनिल थापाले निभाएको भुमिकालाई ‘डेञ्जर’ भने । अभिनेता पल शाहले फिल्मले पछिल्लो पटक रिलिज आम फिल्मको तुलनामा फरक स्वाद पस्केको बताए ।
समिक्षकहरुले पनि फिल्मलाई राम्रो प्रतिक्रिया दिएका छन् । केहि कमी कमजोरीबाट बाहिर निस्किँदा फिल्मले उठाएको विषयवस्तु र यसको प्रस्तुती दर्शकको चाहना अनुसारको भएको तर्क फिल्ममाथी गरिएको छ ।


सुनिल थापा, मेनुका प्रधान, कर्मा शाक्य, रविन्द्र झा, जान्वी बोहरा लगायतका कलाकारले निभाएको भुमिकालाई धेरै दर्शकले तारिफ गरेका छन् । निर्देशक आर राजवंशी तथा क्रियटिभ निर्देशकको भुमिका निभाएका प्रदिप भट्टराईको कामलाई पनि दर्शकले तारिफ गरे । शुक्रबारबाट दर्शक समक्ष आउने फिल्मलाई मल्टिप्लेक्स तार्गेटेड भनिएको छ, फिल्मलाई मल्टिप्लेक्स दर्शकले मन पराउने विश्वास निर्माण टिमको छ । भोली शुक्रवार बाट फिल्म देशभर रिलिज हुदैछ । फिल्मलाई राजधानीमा गोपालकाजी कायस्थ र राजधानी बाहिर एफडि कम्पनीले वितरण गदैछन् ।

ट्रेलर रिलिज बिना नै रिलिजको तयारीमा रहेको फिल्मलाई धरानमा खिचिएको छ । गौरिशंकर धुँजु र धिरज राजवंशी निर्माता रहेको फिल्मलाई दिर्घ गुरुङ र निर्णय जिसीले खिचेका हुन् । प्रमोद क्षेत्रीले लेखेको कथामा तयार फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी