यस बर्ष चिनीको संकट ,करिब ५० हजार मेट्रिक टन चिनी नपुग हुने

यस बर्ष चिनीको संकट ,करिब ५० हजार मेट्रिक टन चिनी नपुग हुने

उखु किशान भन्छन् ” न मलमा सहुलियेत न औजार उपकरणमा ”

  • आइतवार, माघ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

बुद्ध शरण शाही –  ः

काठमाडौँ, १४ माघ / नेपाल चिनी उद्योग संघले विभिन्न कारण चिनीको संकट थप्ने भन्दै यस वर्ष देशभर करिब ५० हजार मेट्रिक टन चिनी नपुग हुने जनाएको छ ।

नेपालमा करिब दुई लाख २५ हजार मेट्रिक टन चिनीको माग भएको भए पनि स्वदेशी उत्पादनबाट करिब एक लाख ७५ हजार मेट्रिक टन चिनी उत्पादन हुने अनुमान गरिएको छ । 

 

काठमाडौँमा चिनी उद्योगी ,उखु किसानहरुको सहभागितामा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेश केडियाले २० लाख मेट्रिक टन उखु उत्पादन हुने बताउँदै सो परिणाम बराबर रु एक अर्ब १० करोड कृषकलाई भुक्तानी गरिने जानकारी दिनुभयो ।

उक्त संघले स्वदेशी कृषिजन्य चिनी उद्योगलाई प्रवद्र्धन गर्नका लागि भारतलगायत मुलुकबाट आयात हुने चिनीको भन्सार वृद्धि गर्न माग गरेको छ । चिनीमा १५ प्रतिशत भन्सार महसुल कायम रहेकामा ३५ प्रतिशत थप गरी ५० प्रतिशत पु¥याउन व्यवसायीले आग्रह गरेका छन् ।

गत वर्ष उखुप्रति क्विन्टल रु ५३१ कायम गरिएको संघले जनाएको भए पनि कृषकले रु प्रतिक्विन्टल रु ४६६ मात्र प्राप्त गरेको बताएका छन् । देशभर अहिले १३ उद्योग सञ्चालनमा छन् भने एक लाख कृषक तथा दुई लाख मजदुरलाई रोजगारीमा संलग्न रहेको बताइएको छ ।
कार्येक्रममा सहभागी उखुकिसानहरुले आफुहरुलाई उखुको उचित मूल्य नपाएको र मिलमा उधारोमा उखु बेच्नु परेको बताउछन् । राज्येले उखु किसानलाई मल ,ट्रयाक्टर लगाएत कृशिऔजारमा कुनै सहुलिय सुबिधा नदिएको गुनासो गर्दै येस्तै अवस्था रहिरहे उखु उत्पादन खेति छोडी अन्य बिकल्प खोजि जानपर्ने उखु उत्पादक कृषक संघ महत्तरी जिल्ला अध्यक्ष नरेस शिंह कुसवाह बताउछन् ।
उद्योगीले नेपालमा उपभाक्ता मुल्य प्रतिकिलो रु ६० सम्म हुनुपर्नेमा राज्येले किशान ,उद्योगीलाइ बेवास्ता गरेको कारण महँगो पर्न गएको बताउदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी