कान्छीको ट्रेलर सार्वजनिक ,श्वेता र दयाहाङको रोमान्स ! (भिडियोसहित)

कान्छीको ट्रेलर सार्वजनिक ,श्वेता र दयाहाङको रोमान्स ! (भिडियोसहित)

  • मङ्लबार, माघ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

काठमाण्डौ ।नेपाली चलचित्र ‘कान्छी’ को ट्रेलर मंगलबार सार्वजनिक भएको छ ।
ब्लकबस्टर फिल्म ‘कोहिनुर’को सफलतापछि सोही ब्यनरबाट ‘कान्छी’ निर्माण भएको हो ।

३ मिनेट लामो ट्रेलरमा दयाहाङ राई, श्वेता खड्का, अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिय, निर शाह आदिलाई देख्न सकिन्छ । आकाश अधिकारीको निर्देशनमा रहेको फिल्म श्वेताले निर्माण गरेकी हुन् ।

हास्यरसयुक्त बनाइएको फिल्मको ट्रेलर हेर्दा फिल्म प्रेम र रोमान्सकै सेरोफेरोमा घुमेको बुझ्न सकिन्छ ।
मुस्ताङको दृश्यलाई पृष्टभूमिमा राखेर बनाइएको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । आगामि फागुन ४ गते देशव्यापी सार्वजनिक हुने फिल्म मनोरञ्जनको पूर्ण प्याकेज भएको निर्माणपक्षको भनाई छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक अधिकारीले ‘कान्छी’ले दर्शकको मन जित्ने बिश्वास ब्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी