कमल सरगम
काठमाण्डौ
नेपाली लोक संगीत क्षेत्रका लागि करोडौको मन मुटुका सर्जक तथा नेपाली रोइला गीतका राजा मानिने चर्चित सर्जक तथा गायक शिरीष देवकोटाको अर्को मौलिक रोधी झ्याउरे गीत”मालचरी”बजारमा आएको छ। बहुचर्चित गायिका देवी घर्ती मगर र शिरिष देवकोटाको सुमधुर आवाजमा सुसजित गीतमा लय तथा शब्द सृजना पनि शिरीष देवकोटाकै रहेको छ। गुरुआमा फ्लिम्सबाट बजारमा आएको गीतमा अभिनय चर्चित मोडल तथा गायिका साथमा निर्देशक स्मृति तिमिल्सिना गुरुआमा र सुमन थापा मगरको रहेको छ। सुरेश श्रेष्ठको छायांकन र स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन रहेको गीतको सम्पादन भने सुदन बस्नेतको रहेको छ। गीत निकै उत्कृष्ट बनेर बजारमा आएको छ गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=lOy6vBdwUQ0]