शन्की मान्छेको कथामा शेर बहादुर

शन्की मान्छेको कथामा शेर बहादुर

  • शुक्रबार, पुस २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 18.9K
    SHARES

माघ १९ काठमाडौं । शेरबहादुर शन्की मान्छेको कथामा निर्माण भएको फिल्म हो । अवकाश प्राप्त एक आर्मी को कथामा यो फिल्म रुमलिएको छ । निडर, शन्की र बलियो पात्र शेर बहादुर फिल्मको मूख्य पात्र हो । शेर बहादुर आफ्नो लक्ष्य प्राप्तीका लागि केही योजना बनाउँछन् । त्यहि योजना भित्र रुमलिएका अन्य पात्रसंगको अवस्था फिल्मले चित्रण गरेको छ ।
फिलमको मूख्य पात्रको रुपमा बरिष्ठ कलाकार सुनिल थापा देखिएका छन् । सुनिलको अलवा कर्माm रविन्द्र झा, मेनुका प्रधान लगायतको मूख्य भुमिका फिल्ममा रहेको छ । एक्शन, रोमान्स, ड्रामा  समाबेश फिल्म प्रति निर्माण पक्ष अपेक्षित छन् । आउँदो माघ १९ गते नै फिल्म रिलिज गर्ने तयारीका साथ फिल्मका निर्माण टिम प्रचार प्रसारको तयारीमा लागेका छन् ।
फिल्मको झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसंग सम्बन्धित फिल्म नभएको निर्माण पक्षले जनाईएको छ । यस फिल्मको अधिकांश सिन सेटमा खिचिएको निर्माण पक्षको दावी छ । जुन सेट तयार गर्न मात्रै २५ लाख बढी खर्च गरिएको बताईएको छ । फिल्मका निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् । गौरीशंकर धुजु नेपाली फिल्म क्षेत्रमा ४० बर्षदेखी अनवरत रुपमा लाग्दै आईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी