साहस भट्टको प्रेमभाव समेटिएको कारुणिक गीत ‘चोट’ बजारमा (भिडियो)

साहस भट्टको प्रेमभाव समेटिएको कारुणिक गीत ‘चोट’ बजारमा (भिडियो)

  • मङ्लबार, पुस १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

१८ पुष काठमाडौं । लोक तथा दोहोरी गीतको क्षेत्रमा निरन्तरता दिँदै एकपछि अर्को गर्दै विभिन्न किसिमका सांगीतिक कोसेली बजारमा पस्कने क्रममा फेरी अर्को बिल्कुलै नौलो सांगीतिक कोसेली माया प्रेमका भाव समेटिएको कारुणिक गीत बजारमा आएको छ ।

‘चोट’ बोलको गीतलाई एसएनबि म्यूजिक प्रालिले बजारमा ल्याएको हो । यस गीतमा विगत निकै लामो समय यता सञ्चार क्षेत्रमा क्रियाशिल एवं लोकप्रिय सर्जन साहस भट्टको लय रहेको छ ।

‘चोट’ बोलको गीतमा नेपाली लोक तथा दोहोरी गीत संगीतमा नै आफ्नो जीवन समर्पण गरेका सर्जन सन्तोष बानियाँले यस गीतमा शब्द भरेका छन् ।

सन्तोषले विभिन्न गीत संगीतमा आफ्नो सिर्जना सजाउनु मात्र होइन केहि गीतमा स्वर पनि भरिसकेका छन् । साथमा भुल्नेलाई भुल्न सक्ने, अन्तिम सन्देश, रुन्छु धर्केरलगाएतका गीतहरुबाट आफ्नो नाम स्थापित गरेका राजु बर्देवाले यस गीतको थेगो तयार पारेका छन् ।

कुलेन्द्र विश्वकर्मा र सीमा चन्दद्वारा स्वरबद्ध यस गीतको म्यूजिक भिडियोमा आश लाग्दा नवमोडल विश्व राईले अत्यन्त लोभ लाग्दो अभिनय गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी