बलिउडका किङ सलमान खान २३ वर्षपछि नेपाल आउँदैं

बलिउडका किङ सलमान खान २३ वर्षपछि नेपाल आउँदैं

  • बुधबार, पुस ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौं । बलिउडका किङ सलमान खान २३ वर्षपछि होलीको अर्को साता नेपाल आउने भएका छन् । आयोजक ओडिसी इन्टरटेनमेन्टका निर्देशक सीमान्त गुरुङका अनुसार तीन दिनका लागि सलमान नेपाल आउन लागेका हुन् ।

सलमान सन् १९९४ पछि दोस्रोपल्ट नेपाल आउन लागेका हुन् । ‘दबंग द टुर’ नाम दिइएको यो सांगीतिक भ्रमणका लागि सलमान ९ मार्चको बिहान काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेछन् ।
उनीसँगै कार्यक्रममा बलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर प्रभु देवा, डेजी शाह, कृटी सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि सहभागी हुनेछन्।

कार्यक्रमको सञ्चालन चर्चित टेलिभिजन प्रस्तोता मनिष बहलले गर्दैछन्। मुख्य शो भने मार्च १० (फागुन २६० मा टुँडिखेलमा हुनेछ। यसपालि ५० हजारको हाराहारीमा सलमानका समर्थक टुँडिखेलमा ओइरिने आयोजक ओडिसीले विश्वास लिएको छ।

गुरुङका अनुसार ‘यदि यो सम्भव भएमा नेपाली इन्टरटेनमेन्ट इतिहासकै सबैभन्दा ठूलो शो हुनेछ,’ । कार्यक्रमलाई फेस्टिभलको रुपमा मनाउन १२ बजेदेखि नै गेट खुला गर्न लागिएको उनले जानकारी गराइएको छ । सलमान भने साढे ६ बजे स्टेजमा देखा पर्नेछन् । उनले करिब ३ घन्टा स्टेजमा नाचगान गरेर नेपाली दर्शकलाई तताउनेछन्।

‘कार्यक्रमको सेट–अप अन्तर्राष्ट्रियस्तरको हुनेछ। दिल्लीको जवाहरलाल नेहरु रंगशालामा गत १० तारिखमा ‘दबंग द टुर’ भएको थियो । यहाँ पनि ५० हजारको हाराहारीमा उनका समर्थक थिए,ु ओडिसीका निर्देशक गुरुङले भने, ुत्यसैले काठमाडौंमा पनि सफलतापूर्वक यो कार्यक्रम सञ्चालन हुनेमा ढुक्क छौं।’

सलमानका लागि व्यक्तिगत र कार्यक्रम स्थलको सुरक्षा व्यवस्था निकै कडा पारिने उनले बताए । ‘क्यानेडियन गायक ब्रायन एडम्सको कार्यक्रमभन्दा बढी सेक्युरिटी हुनेछ,’ उनले भने।

सलमान ११ मार्चमा पुनः मुम्बई फर्किनेछन्। सलमानलाई विश्वको उच्च हिमाल सगरमाथाको अवलोकन पनि गराउने योजना रहेको गुरुङले बताए। उनका अनुसार हेलिकोप्टर चार्टर गरेर उनलाई सगरमाथाको अवलोकन गराउने योजना छ।

दर्शकको सुविधाका लागि सलमानको हिट दबंग, सुल्तान जस्ता फिल्मको नाम राखेर इन्ट्री गेट बनाइनेछ।

टिकटको मूल्य ३ हजारदेखि १० हजार रुपैयाँसम्म हुनेछ। सलमानको यो शोका लागि मात्र १० देखि १२ करोडको बजेट छुट्याइएको जानकारी गइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी