एक अर्कालाई देखि नसहने दुई शक्ति एमाले र माअोवादी केन्द्रबीच भएको बाम गठबन्धन एकाएक झुल्कियो । यसलाई कसैले ओली र प्रचण्डको चामत्कारीक निर्णय भने कसैले के । तर विस्तारै यस बारे टिप्पणीहरु शुरु भएका छन् ।
एकाएक कार्तिकमा दुवै दलबीच गठबन्धनको घोषणा भए पछि चीनले बनाईदिएको भनेर प्रधानमन्त्री शेर बहादुर देउवा समेत रिसाए पछि चीनीया राजदुत यु होगंले देउवालाई भेटेरै गठबन्धन नबनाएको बताएकी थिईन् ।
चीनीया राजदुतले नै काग्रेस सभापतिलाई त्यसो भने पछि यो भारत ले त पक्कै होईन भन्नेमा उनीहरु पुगे । आफै मिले कि भन्ने काग्रेसी नेताहरुलाई लाग्यो र उनीहरु खासै बोलेनन् ।
तर निर्वाचन परिणाम पछि भने अब यस बारे टिप्पणी शुरु भएको छ । माओवादीकै प्रभावशाली नेता गोपाल किरातीले ओली भारतीय काग्रेस आई र रअ निकट भएको र उनी राष्ट्रवादी हुन नसक्ने बताउदै आएका छन् । उनी पार्टी एकताको समेत विरुद्धमा खुलेर उभिएका छन् ।
आज एक जना सविधान विद् भीमार्जिुन आचार्यले यो गठबन्धन १२ बुदे समझदारी गर्ने भारतीयहरुले नै बनाईदिएको र एमालेलाई साईजमा राख्न र माओवादीलाई ठूलो बनाउन त्यो कसरत भएको तर्क उनले एक टेलिभिजनमा गरेका छन् ।
भारतको अदृष्य शक्तिले एमालेलाई घटाएर माओवादीलाई बढाएर आफ्नो उदेश्य पुरा गर्न चाहेको तर परिणाम उल्टो आएकाले ती दुवै दल मिलेर सरकार नबने नयाँ ससद विघटन समेत हुने गंभीर दावी सार्वजनिक गरेका छन् ।
तर वाम गठबन्धनका नेताहरुले यो देश र जनताको आवस्यकता र माग अनुसार गरिएको जिकिर गर्दै आएका छन् ।