डिजे मार्समेलो नआएपछि दरबारमार्गको क्लब डेजाभूमा तोडफोड, को हुन् मार्समेलो ?

डिजे मार्समेलो नआएपछि दरबारमार्गको क्लब डेजाभूमा तोडफोड, को हुन् मार्समेलो ?

  • बिहिबार, मंसिर २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

काठमाडौं, मंसिर २८ । दरबारमार्गस्थित क्लब डेजाभूमा बुधबार राति तोडफोड भएको छ । चर्चित अमेरिकन इलेक्ट्रोनिक डान्स म्युजिक (इडीएम) डिजे मार्समेलो आउने भनेर आयोजकले टिकट बेचेको तर, क्लबभित्र छिरेपछि डिजे नै नभेटेपछि टिकट किन्नेहरुले तोडफोड गरेका हुन् ।

आयोजकहरुले मार्समेलोको नाममा ३ हजारभन्दा धेरै व्यक्तिलाई ५ हजार दरको टिकट बिक्री गरेका थिए । जब आयोजकले डिजे कार्यक्रममा उपस्थिति हुन नसक्ने बताए तब दर्शकहरु रिसले आगो भए र तोडफोडतिर उत्रिए । तोडफोड शुरु भएसँगै आयोजक तथा क्लबका कर्मचारीहरुबीच भागाभाग भएको थियो ।

घटनामा एक जना घाइते समेत भएका छन् ।घटनापछि उनले आफु सहभागी हुन नसकेको कारण बारे जानकारी गराउदै फेसबुकमार्फत यसरी माफि मागेका छन् ।

डिजे मार्समेलोले फेसबुकमा एक पोस्ट गर्दै आफूलाई ज्वरो आएको र डाक्टरले आराम गर्न भनेकोले नेपाली समर्थकहरुमाझ प्रस्तुत हुन नसकेकोमा क्षमा याचना गरेका छन् ।
नाइट क्लबमा भएको तोडफोडको कारक बनेका अमेरिकी डीजे मार्समेलो आफैं त्यस्ता अनौठा व्यक्ति हुन्, जसको अहिलेसम्म वास्तविक परिचय खुलेको छैन । आखिर को हुन् ती ‘छुपारुस्तम’ ? दरबारमार्गको घटनाले यी अमेरिकी डीजेप्रति धेरै मानिसको ध्यान तानिएको छ ।

मार्समेलो अन्तर्राष्ट्रिय डीजे हुन् । विश्वभरका उनका लाखौं फ्यान छन् । यद्यपि, उनको वास्तविक परिचय भने कसैलाई थाहा छैन । उनी मार्समेलोको रुपमै चर्चित छन् ।

तर, कतिपयको यो अनुमान छ कि उनी अमेरिकी डिजे क्रिस्टियन कम्स्टक हुन् । जो ‘डटकम’ भनेर पनि चिनिन्छन् । मार्समेलो र डटकमको स्टाइयल एउटै हुने गरेकाले दुवै एउटै व्यक्ति हुन् भन्ने अनुमान गरिएको छ ।

केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले मार्समेलो नेदरल्याण्डका डिजे मार्टिन गारिक्स वा सम भोगेल हुन सक्ने समेत अनुमान गरेका छन् ।

सन् २०१६ र २०१७ मा डिजे म्यागजिन नामक पत्रिकाले निकालेको उत्कृष्ट एक सय डिजेको सूचिमा मार्टिन नम्बर १ मा परेका थिए । भोगेल जौजको रुपमा परिचित छन् । उनी अमेरिकी डिजे हुन् ।

सन् २०१५ पछि उनी अन्तर्राष्ट्रिय रुपमै चर्चामा आएका हुन् ।

रुसी संगीतकार जेड्सको ‘ब्यूटिफूल नाउ’, अमेरिकन इलेक्ट्रोनिक डान्स डिजे ज्याकको ‘ह्वेर आर यू नाउ’ र आफ्नो ‘एलोन’ नामक ट्याक सार्वजनिक गरेपछि उनी चर्चामा आएका हुन् ।

मार्समेलोलाई छोटो समयमा अन्तर्राष्ट्रिय रुपमा चर्चामा आएका डिजे मानिन्छन् । सन् २०१५ मार्च ३ तारिखमा उनले आफ्नो पहिलो गीत ‘वेब्ज’ आफ्नो साउण्ड क्लाउण्ड पेजमा अपलोड गरेका थिए ।

उनको साउण्ड क्लाउड पेजमा ८ लाख १३ हजार फलोअर्स छन् भने फेसबुकमा उनलाई पछ्याउने ५० लाख छन् । त्यस्तै, इन्स्टाग्राममा उनलाई फलो गर्ने ५१ लाख छन् र ट्वीट्मा ७ लाख ४५ हजारले उनलाई फलो गर्छन् ।

मार्समेलोले सन् २०१६ मा डिजे म्यागजिनको उत्कृष्ट १०० डिजे मध्येको २८ औं नम्बरमा परेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी