नायिका/नायकले भने “म चार महिना देखि भर्जिन छु”(हेर्नुहोस)

नायिका/नायकले भने “म चार महिना देखि भर्जिन छु”(हेर्नुहोस)

  • बिहिबार, मंसिर २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

‘भर्जिन’ भन्ने शब्दको अर्थ के हो ? तपाईंले कसरी बुझ्नु भएको छ कुन्नी, तर अभिनेता गौरव पहारीको बुझाई भने अली फरक छ । उनले २७ मंसिरमा आयोजित एक कार्यक्रममा धेरैका अगाडि उभिएर प्वाक्क भनिदिए –‘म ४ महिनादेखि भर्जिन् छु ।’

गौरवले भर्जिन भन्ने शब्द उच्चारण गर्ने सन्दर्भ थियो, ‘मिस्टर भर्जिन’ नामक फिल्म निर्माणको घोषणा ।

वल्र्ड वाइड फिल्मस् डिस्ट्रिव्यूसनको ब्यानरमा बन्ने चलचित्र ‘मिस्टर भर्जिन’मा ‘डेब्यू’ निर्देशक विशारद बस्नेतले निर्देशन गर्दैछन् । फिल्ममा गौरब, बिजय र कमलमणि, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतको मुख्य भुमिका रहेको छ ।

महेश दवाडीको कथा रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी रहनेछ । तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर चलचित्र ‘मिस्टर भर्जिन’ बन्ने भएको हो । बुधवार एक कार्यक्रमका बीच चलचित्रको औपचारिक घोषणा गरिएको हो ।

चलचित्रको छायांकन मङ्सिर २९ गतेबाट सुरु हुनेछ भने बैशाखको अन्तिम साता प्रर्दशन हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी