काठमाण्डौं मंसीर २५ । अहिले देशमा एमाले र माओवादीको तालमेलमा बनेको बाम गठबन्धनका कारण पहिलो पटक वामपन्थी शक्तिहरु पूर्ण बुहुमतको दिशामा गए ।
युद्धको समयमा पनि र शान्ति प्रकृया पछि पनि प्रचण्डसगँ निरन्तर सवाद र माओवादीसगँको सहकार्यमा जोड दिने र सुत्रधारकै रुपमा चिनिने गौतमका लागि माओवादीसगँको मिलापले चुनावी परिणामा भने १० वर्षमा दुई पटक घातक सावित भएको छ ।
६४ मा पनि उनी बर्दियाबाट पराजीत भए पछि माओवादीसगँ उनी अनौपचारीक रुपमा रिसाएको सार्वजनिक भएको थियो । जुनबेला गौतम एमाले नेता झलनाथ खनालको प्यानलमा थिए ।
तर पछि उनी केपी ओलीको प्यानलमा आए पछि भने माओवादी विरुद्ध केही कडा अभिव्यक्ति दिन थालेका थिए । तर ओली पनि प्रचण्डकै योजनामा प्रधानमन्त्री भए पछि गौतमको सामिप्यता पुनः बढेको थियो ।
तर माओवादीसगँ अहिले यत्रो तालमेल भएको बेला समेत उनले बर्दियामा चुनाव हार्नुलाई भने गौतम आफैले षड्यन्त्रको संज्ञा दिएका छन् ।
पार्टी विधानमा भएको व्यवस्था अनुसार उमेर हदका कारण पार्टीको मुख्य नेतृत्वमा अब उनी पुग्ने संभावना छैन । त्यसो हुदा उनी यस पटक प्रधानमन्त्री हुने दाउमा थिए । तर बर्दियामा उनको पराजयले उनको त्यो सपनाको अन्त्य भएको छ ।
आखिर बामदेवलाई हराउने षड्यन्त्र गर्यो कसले ? यस विषयमा स्पष्ट प्रमाण नभए पनि एमाले माओवादी भित्रकै खेमाले उनलाई पाखा लगाएको स्पष्ट हुन्छ । गौतमले ७० मा चुनाव जीतेका थिए ।
यस पटक माओवादीको समेत समर्थन हुदा हानु पर्ने कुनै कारण नै थिएन । यस पराजयलाई एमाले अध्यक्ष ओलीले तितो लागेको टिप्पणी गरेका थिए ।
यसलाई बामदेवले प्रधानमन्त्रीको अनावस्यक दावी गर्न सक्ने र त्यसले प्रचण्ड ओलीलाई डिस्टर्व गर्न सक्ने एउटा आकंलन र पुराना कार्यकर्ताहरुमा जहिले पनि एउटै मान्छेले उम्मेद्धार हुनु पर्ने र जीत्नु पर्ने ? भन्ने भावनाको कारणले र अर्को कहिले प्युठान कहिले बर्दिया सर्ने कारणले पनि पराजय भएको हुन सक्ने आकंलन गरिएको छ ।
बाबुराम र नारायणकाजी श्रेष्ठको पराजयले गठबन्धनका सुत्रधारहरुको स्थिति कमजोर बनाएको छ । यो षड्यन्त्र किन र कसले गर्यो त्यो भविष्यमा खुल्दै जाला ।
तर माओवादीसगँ मिलेर वा माओवादीको माया बामदेवलाई अफाव सावित भने भएको छ ।