बाबुराम बुढी गाईको मतले जीत्न सफल भए, पढ्नुस कारण यस्तो छ

बाबुराम बुढी गाईको मतले जीत्न सफल भए, पढ्नुस कारण यस्तो छ

  • आइतवार, मंसिर २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

२०६४ साल चैत्र २८ गते भएको सविधान सभाको निर्वाचनका लागि काठमाण्डौंबाट गोरखा पुगेर मनोनयन दर्ता गरे पछि चोकमा आयोजित कोण सभालाई संबोधन गर्ने क्रममा बाबुरामले दलहरुलाई गाईसगँ तुलना गरेर टिप्पणी गरेका थिए ।
अपरान्हतिर सडकमा भएको कोण सभामा उनले काग्रेसलाई बुढी गाईको संज्ञा दिएका थिए । काग्रेस भनेको बुढी गाई हो अब यसले ब्याउन र धेरै दुध दिन सक्दैन ।
त्यस पछि एमालेलाई उनले थारा गाईको संज्ञा दिएका थिए । भनेका थिए एमाले थारा गाई हो , त्यसले ब्याउन पनि सक्दैन र दुध दिन पनि सक्दैन यसलाई पाल्नु बेकार छ ।
र शान्ति प्रकृया पछि आएको माओवादीलाई कोरली गाईको संज्ञा दिएका थिए । यसलाई पालन पोषन गरे पछि दुध दिने कुरा गरेका थिए ।तर यस पटक उनैले १० वर्ष अघि सार्वजनिक कार्यक्रममा उपमा दिएको बुढी गाई अर्थात काग्रेसको मतले गोरखाको चुनाव जीत्न सफल भएका छन् । कांग्रेस संगको गठबन्धन कै कारण उनले आफ्ना पुराना साथि नारायणकाजी श्रेष्ठलाइ हराउन सफल भए ।
कहिले काही नेताहरुले आफैले बोलेको विषयले आफैलाई पिरोल्ला जस्तो हुने देखियो । प्राकृतिक रुपमा हेर्दा एउटा गाई केही बेत व्याए पछि बुढी हुन्छ । त्यसरी हेर्दा स्वयं बाबुराम भट्टराई , माओवादी पनि २०६४ देखि ७४ साल सम्म आउदा चुनावमै तीन पटक ब्याईसकेको छ , अर्थात उसले तीन पटक निर्वाचन जीति सकेको छ ।
अब कति बेत ब्याउला बाबुरामको पार्टी र माओवादी सहित अन्य पार्टी ? के अब फेरी नेपालमा अर्को कोरली गाईको आवस्यकता पर्ला कि नपर्ला डा. साहेब ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ