यसरि भइरहेको छ ‘योङ स्टार डान्स’

यसरि भइरहेको छ ‘योङ स्टार डान्स’

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाण्डौ ।

पुष पहिलो साताबाट टिभीमा प्रशारण हुन लागेको ‘लैबरी सिङगिङ स्टार’ आयोजक संस्थाले अर्को रियालिटी शोको आयोजना गरेको छ । सनसाइन प्रोडक्शन हाउसले आयोजना गरेको ‘योङ स्टार डान्स कम्पिटिसन’ को राजधानीमा चार राउन्डको अडिशन सम्पन्न भइसकेको छ । आयोजक संस्थाकी अध्यक्ष प्रमिला तामाङले नेपालमा स्तरिय डान्स कम्पिटिसन सुरु गरिएको जानकारी दिइन् ।

गायिका समेत रहेकी तामाङले भनिन्, ‘नेपालमा हामीले गर्व गर्न लायकको डान्स कम्पिटिसन आयोजना भएका छैनन् । प्रायः ब्यानर टाँसेरै प्रतियोगिताहरु आयोजना हुँदै आइरहेका छन् । ‘योङ स्टार डान्स कम्पिटिसन’ का लागि हामीले विदेशका च्यानलका सेटजस्तै नेपालमा पनि सेट तयार पारेका छौं । एक एपिसोड खिच्न कम्तिमा पनि १० लाखसम्म खर्च हुन्छ ।’ उनका अनुसार, स्कूलमा अध्ययन गरिरहेका विद्यार्थीहरुले मात्र ‘योङ स्टार डान्स कम्पिटिसन’मा भाग लिएका छन् ।

तामाङले अगाडि भनिन्, ‘बाल–बालिकाहरुमा लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउन यो डान्स कम्पिटिसन सुरु गरेका हौं । बाल–बालिकाका लागि नेपालमा खासै स्तरिय डान्स रियालिटी शो आयोजना हुने नभएका कारण हामीले यो प्रयास थालेका हौं । नेपालमा यस्तो पनि डान्स रियालिटी शो आयोजना गर्न सकिन्छ भन्ने हामी देखाउन चाहन्छौं ।’

यस प्रतियोगीतामा नेपालका विभिन्न जिल्लाका बाल–बालिकाहरु सहभागी भएका छन् । यो डान्स प्रतियोगिताको पनि टिभीमा पुष पहिलो साताबाट प्रशारण गरिने तयारी भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी