यी हुन्, चर्चित वलिउड अभिनेता शशी कपुरका रोचक किस्सा

यी हुन्, चर्चित वलिउड अभिनेता शशी कपुरका रोचक किस्सा

  • मङ्लबार, मंसिर १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

मुम्बई ।

भारतीय सिनेमा जगतमा अत्यन्तै सफल अभिनेता शशीकपूरको ७९ बर्षको उमेरमा निधन भयाे । सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्मातासमेत रहेर ख्याति कमाएका शशीकपूर लामो समयदेखि मृगौलासम्बन्धी रोगका कारण विरामी हुनुहुन्थ्यो ।

शशीकूमारको सोमबार कोकलिवेन अस्पतालमा उपचारका क्रममा निधन भएको हाे । १८ मार्च १९३८ मा कोलकातामा जन्मिएका शशीको वास्तविका नाम बलबीर राज कपुर हो । तर, उनलाई शशी नामले चर्चित बनायो ।

बलिउडका भिस्मपितामह भनेर चिनिने पृथ्वी राज कपुरका चार सन्तानमध्ये शशी कान्छा छोरा हुन् ।

आमालाई मन पर्दैन थियो नाम

बलबीर राजकपुर नाम उनको दिदीले राखेका थिए । किनभने पण्डितले उनको नाम ‘ब’ अक्षरबाट शुरु हुनु पर्ने बताएका थिए । तर, शशीको आमा रामशरणी कपुरलाई यो नाम मन पर्दैन थियो । त्यही भएर उनले बलबीरको साटो शशी भनेर बोलाउँथिन् किनभने उनी सानो छँदा सँधै चन्द्रमालाई हेर्ने गर्थे ।’

नेपोलियननेर बोलाउँथे परिवार

परिवारमा सबैभन्दा कान्छोको साथै सानो भएर शशी कपुरका परिवारका अन्य सदस्य नेपोलियन भनेर जिस्काउँदै बोलाउँथे । तर, उनलाई यो कहिले पनि मन परेन ।

आफूलाई मेट्रिक फेल बताउँथे

शशी कपुरले एक अन्तर्वार्तामा आफ्नो पढाई राम्रो नभएको बताएका थिए । उनले आफूलाई मेट्रिक फेल बताउँदै फेल हुँदा पनि आफ्नो पिताले कहिल्यै पनि गाली नगरेको बताएका थिए ।

पहिलो तलब ७५ रुपैयाँ

सन् १९५३ मा शशी कपुर थिएटरसँग आबद्ध भए । उनले तलबका रुपमा पहिलो पटक ७५ रुपैयाँ कमाएका थिए । त्यतिबेला यो निकै ठूलो रकम मानिन्थयो ।
पहिलो भारतीय अन्तर्राष्ट्रिय स्टार

शशी कपुरलाई भारतको पहिलो अन्तर्राष्ट्रिय स्टार मानिन्छ । उनले चर्चित अन्तर्राष्ट्रिय निर्देशक जेम्स आइवरी (बम्बे टकिज र हिट एण्ड डस्ट) र स्टेफन फ्रियर्स (स्यामी र रोजी गेट लेड) सँग काम गरेका थिए ।

विदेशी महिलासँग विवाह गरे

५० को दशकमा शशी र बेलायती कलाकार जेनिफर केन्डल सबैभन्दा चर्चित जोडी थिए । उनीहरुले सँगै काम नगरे पनि थिएटरमार्फत उनीहरुको भेट भएको थियो ।

शशी पृथ्वी थिएटरमा अभ्यास गर्ने गर्थे जबकी जेनिफर आफ्नो पिताको नाटक मण्डली शेक्सपिएरानाको सदस्य थिइन् । एसिया भ्रमणको दौरान दुवैको भेट भयो र पहिलो भेटमा नै प्रेम बस्न पुग्यो ।

भारतमा नाटक मण्डली आएको बेला उनी पनि त्यसमा सामेल भए र जेनिफरसँग कयौँ नाटकमा काम गरे ।

शेक्सपियरको प्रमुख नाटक द टेम्पेस्टमा मिरान्डाको भूमिका खेल्दा दुवैबीच गहिरो प्रेम बस्यो । सन् १९५७ मा उनीहरु सिंगापुर नाटक देखाउन गए, त्यतिबेला उनीहरु झन् नजिक भए ।

सन् १९५८ मा दुवैले विवाह गरे ।

जेनिफर आफै पनि उत्कृष्ट कलाकार भए पनि विवाह पछि उनले पहिलो प्राथमिकता आफ्ना परिवारलाई राखिन् । उनले तीन सन्तान कुणाल कपुर, करण कपुर र संजना कपुरलाई पारिवारिक मूल्य र मान्यता सिकाउन चाहन्थिन् ।

जब शशीले बचाए बिग बीको ज्यान

सन् १९८० मा दो और दो पाँच नामक चलचित्रको एक सिन मुम्बाईको सी रक होटलमा सुटिङ गर्नु पर्ने थियो । त्यतिबेला अमिताभ बच्चन दम रोथबाट जुझिरहेका थिए ।

सुटिङको दौरान अचानक अमिताभलाई अस्थामाको अट्याक आयो । भनिन्छ त्यतिबेला शशी नभएको भए उनलाई जे पनि हुनसक्थ्यो ।

यस घटनापछि दुई हिरो भएको चलचित्र मात्र शशी कपुरसँग मात्र गर्ने निधो गरे । निर्माताहरुले पनि अमिताभको यो माग पूरा गर्थे ।

यस चलचत्रि पछि अमिताभ र शशीले शान (१९८०), सिलसिला (१९८१) र नमक हलाल (१९८२) मा सँगै काम गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी