‘नेपाल आइडल’भन्दा कम छैन ‘लैबरी सिङगिङ स्टार’को सेट

‘नेपाल आइडल’भन्दा कम छैन ‘लैबरी सिङगिङ स्टार’को सेट

  • बिहिबार, मंसिर १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाण्डौ ।
नेपाल आइडलको चर्चा र क्रेज कम हुन नपाउँदै अर्को नयाँ गायन रियालिटी शो ‘लैबरी सिङगिङ स्टार’को चर्चा सुरु हुन थालेको छ । सनसाइन प्रोडक्शन हाउसले आयोजना गरेको ‘लैबरी सिङगिङ स्टार’ को चार राउन्डको अडिसन सम्पन्न भइसकेको छ । स्कूलमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिएको यस गायन प्रतियोगीतालाई स्तरिय बनाउन कनै कसुर बाँकी नराखेको आयोजक संस्थाकी अध्यक्ष प्रमिला तामाङले जानकारी दिइन् ।

पुष पहिलो साताबाट टेलिभिजनमा प्रशारण हुने तयारीमा रहेको यस प्रतियोगीतामा विभिन्न जिल्लाका बाल–बालिकाहरु सहभागी भएका छन् । गायिका समेत रहेकी तामाङले भनिन्, ‘बाल–बालिकाहरुमा लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउन लैबरी सिङगिङ स्टार आयोजना गरेका हौं । ‘नेपाल आइडल’लाई टक्कर दिनका लागि हामीले यो गायन प्रतियोगीता सुरु गरेका भने होइनौं । बाल–बालिकाका लागि नेपालमा खासै स्तरिय गायन रियालिटी शो आयोजना हुने नभएका कारण हामीले यो प्रयास थालेका हौं ।’

उनले ‘लैबरी सिङगिङ स्टार’ का लागि विदेशका च्यानलका सेटजस्तै नेपालमा पनि सेट बनाएको बताइन् । ८ जिल्लाबाट आएका विद्यार्थीहरुले अहिले काठमाडौंमा बसेर भोकल क्लाससँगै ‘लैबरी सिङगिङ स्टार’ को स्टेजमा आफ्नो प्रतिभा प्रस्तुत गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी