बेलायती राजकुमार ह्यारीको बिहे अमेरिकी नायिका मेघानसँग पक्का

बेलायती राजकुमार ह्यारीको बिहे अमेरिकी नायिका मेघानसँग पक्का

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

एजेन्सी । बेलायती राजकुमार ह्यारीले आफ्नी अमेरिकी प्रेमिकासँग बिहे गर्ने निश्चित भएको छ । राजकुमार ह्यारीले अमेरिकी नायिका मेघान माक्र्लेसँग  बिहे गर्ने केन्सिङ्टन दरबारले जनाएको छ ।

राजकुमार ह्यारी र मेघान सन् २०१६ देखि डेट गर्नुभएको थियो । उहाँहरुले एक महिनाअघि मात्रै इन्गेजमेन्ट गर्नुभएको थियो । राजकुमार ह्यारीको इन्गेजमेन्टबारे बेलायती महारानी र नजिकका केही मान्छेलाई मात्र थाहा थियो ।

विवाहका अन्य तालिकाबारे पछि जानकारी गराइने बताइएको छ । केन्सिङ्टन दरबारले मेघान माक्र्लेका बुवाआमालाई सुभेच्छा दिएको छ । ह्यारीका दाजुभाउजू राजकुमार विलियम र क्याथरिनले पनि राजकुमार ह्यारी र मेघानको विवाहको खबर सार्वजनिक गर्न पाउँदा निकै खुसी भएको बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी