भारतीय सुन्दरी मानुषी छिल्लरलाई मिस वल्र्डको ताज,मिस नेपाल निकिता उत्कृष्ट ४० को राउन्डबाट बाहिरिइन्

भारतीय सुन्दरी मानुषी छिल्लरलाई मिस वल्र्डको ताज,मिस नेपाल निकिता उत्कृष्ट ४० को राउन्डबाट बाहिरिइन्

  • आइतवार, मंसिर ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

भारतीय सुन्दरी मानुषी छिल्लर यो वर्षको मिस वल्र्ड बन्न सफल भएकी छन् ।भारतको हरियाणा राज्यकी २० वर्षीया छिल्लर चीनमा सम्पन्न ६७ औं मिस वल्र्ड प्रतियोगितामा १ सय ८ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी चुम्न सफल भएकी हुन् ।

चीनको सान्या सिटीमा आयोजित प्रतियोगितामा छिल्लरलाई सन् २०१६ कि विश्व सुन्दरी प्युर्टो रिकोकी स्टेफेनिया डेल भ्यालेले मिस वल्र्डको ताज पहि¥याएकी थिइन् ।

सन् १९६६ पछि भारतका कुनै पनि सुन्दरीले मिस वल्र्डको उपाधी जितेको यो पहिलो पटक हो । छिल्लर मेडिकल शिक्षामा अन्तिम वर्ष अध्ययन गरिरहेकी विद्यार्थी हुन् ।

मिस वल्र्ड २०१७ मा नेपालको तर्फबाट सहभागी मिस नेपाल निकिता चन्दक भने उत्कृष्ट ४० को पहिलो राउन्डबाट अगाडि बढ्न सकिनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी