काठमाण्डौ , २ मंसिर ।
विभिन्न घटना क्रमहरुले प्रचण्ड लाई नेकपाले निसाना बनाएको सार्बजनिक भएको टिप्पणी आउन थालेको छ । स्वयम प्रचण्ड आफै सार्वजनिक कार्यक्रमहरुमा त्यस्ता अभिब्याक्ति दिईरहेका छन् ।
चितवनमा त केहि समय अगाडि लुकिछिपि आक्रमण नर्ग हिम्मत भए युद्धको घोषणा गर्न बिप्लवलाई चेतावनी दिए प्रचण्डले ।
चितवनमा त केहि समय अगाडि लुकिछिपि आक्रमण नर्ग हिम्मत भए युद्धको घोषणा गर्न बिप्लवलाई चेतावनी दिए प्रचण्डले ।
खासगरी बर्षमान पुन माथी रोल्पामा पटक पटक को बम प्रहार, जनार्दन शर्मामाथी रुकुममा बम प्रहार पछि यो टिप्पणी सुरु भएको छ कि प्रचण्ड माथी पनि हमला हुन स्क्क्छ ।सोहि डरले पनि प्रचण्डले नेकपा महासचिव विप्लवमाथि आक्रोस पोखिरहेको चर्चा चलेको छ ।
रोल्पामा नेकपाले नै माओवादी नेताहरुमाथि बम आक्रमण गरेको भन्ने प्रचण्डको अभिब्यत्तिप्रति नेकपाले सो घटनामा पार्टको कुनै संलग्नता नरहेको प्रष्ठ्याई सकेको छ ।
निर्वाचन नजिकिएसँगै बम बिस्फोटका श्रृङखलामा बृद्धि भएपछि चितवन देखि देसका विभिन्न भाग्मा बिप्लवका कार्यकर्ताले हमला गर्न सक्ने भन्दै प्रचण्डको निजि सुरक्षा ब्यबस्थापन थप कडा पारिएको सुरक्षा स्रोतले जनाएको छ ।
मंसिर १० कै निर्बाचन पुर्ब ऊनी माथी हमला हुन सक्ने सुरक्षा अधिकारीहरुले अनुमान गरि नयाँ रणनीति अपनाएको बताइएको छ ।
प्रचण्ड बाम गठबन्धको चुनावी सभामा सहभागी हुन देशका विभिन्न भाग मा जाँदै छन् ।
आखिर बिप्लवका कार्यकर्ताले किन प्रचण्ड र उनको पार्टीका नेता लाई निशाना बनाउदै छ ? चर्चाको बिसय बन्न थालेको छ । प्रचण्डले सहिद र जनतालाई धोका दिएको लगायतका थुप्रै आरोपमा उनी माथी बढी हमला हुने गरेको बिस्लेसकहरुले बताउदैं आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline